१६ असार २०८३, मंगलवार
,
Latest
संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता दोहामा वार्ताका लागि इरानले प्रश्ताव गरेको ट्रम्पको दाबी, इरानद्वारा खण्डन अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणः ३६ जनाको मृत्यु, १६३ घाइते एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशासनको एजेन्डामार्फत समृद्धि ल्याउँछौँ: रवि लामिछाने



फाईल फोटो
अ+ अ-

चितवन । प्रतिनिधिसभा सदस्य पदका लागि चितवन–२ मा भएको उपनिर्वाचनमा भारी मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासनको एजेन्डामा टेकेर समृद्धि ल्याउने बताउनुभएको छ ।

लामिछानेले सञ्चारकर्मीसँग जनताले खोजेको भष्ट्राचार नियन्त्रण र सुशासन भएकोले आफूहरुको मुख्य जोड त्यसैमा रहने बताउनुभयो ।

भष्ट्राचारसहित सरकारी संयन्त्र र जनताले अनुभूत हुने गरी सुशासन कायम गर्न लागिपर्ने उल्लेख गर्दै सभापति लामिछानेले आमअपेक्षा पनि यहीँ रहेकोले सोहीअनुसार आफूले मत पाएको उनको जिकिर गर्नुभयो ।