११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

‘धुलो दूध र झोल दूध आयातका लागि पहल गरिने’

‘धुलो दूध र झोल दूध आयातका लागि पहल गरिने’
अ अ+ अ-

काठमाडौँ । नेपाल डेरी एसोसिएसनले हाल दूध अभावका कारण भइरहेको समस्या समाधानका लागि धुलो दूध र झोल दूध आयातका लागि तत्काल पहल गर्ने विषयमा छलफल गरेको छ ।

सर्लाहीको हरिवनमा हिजो र आज भएको एसोसिएसनको केन्द्रीय बिस्तारित बैठकमा ‘फ्रेस मिल्क’मा लगाइएको अन्तःशुल्क हटाउन पहल गर्ने, दूधको मूल्यवृद्धि पश्चात छुर्पिको मूल्य बढ्दा बिक्रीमा भएकाले समस्या समाधानका लागि पहल गर्ने विषयमा पनि छलफल भएको अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिनुभयो ।

बैठकमा प्रदेश र जिल्ला समितिलाई अझ सक्रिय बनाइ हरेक क्रियाकलाप अगाडि बढाउने, दुग्ध सङ्कलन केन्द्रले विद्युत महसुलमा पाउँदै आएको छुटलाई निरन्तर दिइनुपर्ने विषयमा छलफल गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार बैठकमा नेपाल डेरी एसोसिएसनलाई महासङ्घमा लैजाने विषयमा पनि छलफल भएको थियो ।

“गण्डकी प्रदेशमा छुर्पी र पनिरमा भ्याट नलाग्ने भनि भएको निर्णय स्वागत गर्दै अब अन्य प्रदेशमा पनि सोहीअनुसार पहल गर्ने निर्णय बैठकले गरेको छ”, महासचिव हेमचन्द्र खनालले भन्नुभयो ।

वैशाख १२ गतेदेखि १४ गतेसम्म मधेस प्रदेशको हरिवनमा हुन लागेको डेरी तथा कृषि औजार मेलाको सन्दर्भमा एसोसिएशनको बिस्तारित बैठक एवं प्रदेश र जिल्ला समितिका पदाधिकारीलाई एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा सातै प्रदेशका अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, सचिव एवं जिल्लाका अध्यक्षको सहभागिता रहेको केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल जानकारी दिनुभयो । साथै अध्यक्ष दाहाल र महासचिव खनालले प्रशिक्षण दिनुभएको थियो ।

बैठकमा विगतका भएका निर्णयमाथि समीक्षा, आय तथा व्ययको फछ्र्यौट, दूधको मूल्य वृद्धिका कारण परेको असरको समीक्षा, आगामी दिनमा प्रदेशअनुसार मूल्य निर्धारण गर्दा सहज हुने विषयमा पनि छलफल भएको थियो । एसोसिएसनको आगामी बिस्तारित बैठक लुम्बिनी प्रदेशमा गर्ने निर्णय भएको छ । रासस