१७ भाद्र २०८३, बुधबार
,
Latest
ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनाहरु सोचेर तर्सिने होइन, सुध्रिने तयारी गरौँ– बालेन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह ९बालेन० ले फेरि कुनै सम्भावित भवितव्य र प्राकृतिक प्रकोपका विषयमा तयारी गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

विसं २०७२ वैशाख १२ गते अर्थात आजैका दिन नेपालमा गएको महाभूकम्पका सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले फेरि कुनै सम्भावित भवितव्य, प्राकृतिक प्रकोपका विषयमा हामीले तयारी गरेका नै नगरेको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “हाम्रो बिर्सने बानी छ । ८ वर्ष पुरानो महाभूकम्प हामीले बिर्सिसकेका छौँ ।”

महानगरप्रमुख बालेनले भोलि हुनसक्ने अप्ठ्याराहरुमा आत्तिन र पछुताउन नपरोस् भन्नका लागि आजैदेखि सावधान बन्नुपर्ने भन्दै अव्यवस्थित कुराहरु सकेसम्म व्यवस्थित गर्नुपर्ने र सार्वजनिक ठाउँहरु खुल्ला राख्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँ महानगरको नीति यति मात्रै हो । भोलिका लागि काठमाडौँलाई तयार पारौँ । जे जुन कुराको लागि हो, त्यसलाई त्यसकै लागि उपयोग गरौँ । यसका लागि सबैको सहकार्य, समन्वयको आवश्यकता छ ।”

https://www.facebook.com/balenOfficial/posts/792481615577429