३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्कृष्ट बलिङमा दिल्लीको दोस्रो जित, प्लेअफको सम्भावना कायमै



अ+ अ-

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३४ औं खेलमा दिल्ली क्यापिटल्सले घरेलु टोली सनराइजर्स हैदराबादलाई ७ रनले हराएको छ ।

ब्याटिङ सुधार्न नसकेपनि बलिङमा उत्कृष्ट प्रदर्शन गरेको दिल्लीले दोस्रो जितका साथ प्लेअफको सम्भावना कायमै राखेको छ ।

जितको लागि १ सय ४५ रनको सामान्य लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रन बनायो । हैदराबादलाई जितको लागि अन्तिम ६ बलमा १३ रन चाहिँदा दिल्लीका तीव्र गतिका बलर मुकेश कुमारले पाँच रन खर्चिदै आफ्नो टिमको लागि जित पक्का गराए ।

हैदराबादका ओपनर मयंक अग्रवालले ३९ बलमा ७ चौकासहित सर्वाधिक ४९ रन बनाए। मयंक बाहेक हैदराबादका अन्य कुनैपनि ब्याटरले राम्रो गर्न सकेनन् । ओपनर ह्यारी ब्रुक १४ बलमा ७ रन बनाउँदै एनरिच नोर्कियाको बलमा बोल्ड आउट हुन पुगे। तीव्र गतिका बलर ईशान्त शर्माले राहुल त्रिपाठीलाई १५ रनमा क्याच आउट गराए ।

हेनरिक क्लासेन १९ बलमा ३ चौका र १ छक्कासहत ३१ रनमा आउट हुँदा अभिषेक शर्मा ५ रनमा आउट भए भने वासिन्टन सुन्दर २४ रनमा नटआउट रहे ।

दिल्लीका अक्षर पटेलले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । यस्तै, एनरिच नोर्कियाले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिदा कुलदीप यादव र ईशान्त शर्माले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको थियो ।यस खेलम पनि दिल्लीले आफ्नो खराब ब्याटिङलाई पुन निरन्तरता दियो । अक्षर पटेल र मनिष पाण्डेले समान ३४ रन बनाउँदा दिल्लीका अन्य ब्याटरको प्रदर्शन सम्झन लायक थिएन । अक्षरले ३४ बलमा ४ चौका र मनिषले २७ बलमा २ चौका प्रहार गरेका थिए ।

दिल्लीका ओपनर फिलिप साल्ट डक आउट हुँदै इनिङको तेस्रो बलमै पेभेलिएन फर्केका थिए । आठौं ओभरमा हैदराबादका स्पिनर वासिन्टन सुन्दरले तीन विकेट लिएपछि दिल्ली संकटमा पुगेको थियो ।

आठौं ओभरमा कप्तान डेविड वार्नर २० बलमा २१ रन बनाएर ह्यारी ब्रुकबाट क्याच आउट भए । एक बलपछि शर्फराज खान १० रनमा आउट भए । अन्तिम बलमा अमान हाकिम खान ४ रनमा अभिषेक शर्माको हातबाट क्याच आउट भएका थिए । यस्तै, मिचेल मार्श २५, रिपल पटेल ५ र एनरिच नोर्किया २ रनमा आउट भए ।

हैदराबादका वासिन्टन सुन्दरले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । तीव्र गतिका बलर भुवनेश्वर कुमारले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिँदा टि नटराजनले एक विकेट लिए ।

दिल्ली ७ खेलमा २ मा जित र ५ मा हारसहित अंकतालिकाको पुछारमा छ । हैदराबाद  पनि ७ खेलमा २ मा जित र ५ मा हारसहित नवौं स्थानमा छ । चेन्नई ७ खेलमा ५ मा जित सहित १० अंकका साथ शीर्ष स्थानमा छ । समान ८ अंक भएपनि नेटरनरेटको कारण राजस्थान रोयल्स दोस्रो, लखनउ तेस्रो, गुजरात चौथो, बेंगलोर पाँचौं र पन्जाब छैटौं स्थानमा छन् ।