३ भाद्र २०८३, बुधबार
,
Latest
बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’ साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्कृष्ट बलिङमा दिल्लीको दोस्रो जित, प्लेअफको सम्भावना कायमै



अ+ अ-

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३४ औं खेलमा दिल्ली क्यापिटल्सले घरेलु टोली सनराइजर्स हैदराबादलाई ७ रनले हराएको छ ।

ब्याटिङ सुधार्न नसकेपनि बलिङमा उत्कृष्ट प्रदर्शन गरेको दिल्लीले दोस्रो जितका साथ प्लेअफको सम्भावना कायमै राखेको छ ।

जितको लागि १ सय ४५ रनको सामान्य लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रन बनायो । हैदराबादलाई जितको लागि अन्तिम ६ बलमा १३ रन चाहिँदा दिल्लीका तीव्र गतिका बलर मुकेश कुमारले पाँच रन खर्चिदै आफ्नो टिमको लागि जित पक्का गराए ।

हैदराबादका ओपनर मयंक अग्रवालले ३९ बलमा ७ चौकासहित सर्वाधिक ४९ रन बनाए। मयंक बाहेक हैदराबादका अन्य कुनैपनि ब्याटरले राम्रो गर्न सकेनन् । ओपनर ह्यारी ब्रुक १४ बलमा ७ रन बनाउँदै एनरिच नोर्कियाको बलमा बोल्ड आउट हुन पुगे। तीव्र गतिका बलर ईशान्त शर्माले राहुल त्रिपाठीलाई १५ रनमा क्याच आउट गराए ।

हेनरिक क्लासेन १९ बलमा ३ चौका र १ छक्कासहत ३१ रनमा आउट हुँदा अभिषेक शर्मा ५ रनमा आउट भए भने वासिन्टन सुन्दर २४ रनमा नटआउट रहे ।

दिल्लीका अक्षर पटेलले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । यस्तै, एनरिच नोर्कियाले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिदा कुलदीप यादव र ईशान्त शर्माले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको थियो ।यस खेलम पनि दिल्लीले आफ्नो खराब ब्याटिङलाई पुन निरन्तरता दियो । अक्षर पटेल र मनिष पाण्डेले समान ३४ रन बनाउँदा दिल्लीका अन्य ब्याटरको प्रदर्शन सम्झन लायक थिएन । अक्षरले ३४ बलमा ४ चौका र मनिषले २७ बलमा २ चौका प्रहार गरेका थिए ।

दिल्लीका ओपनर फिलिप साल्ट डक आउट हुँदै इनिङको तेस्रो बलमै पेभेलिएन फर्केका थिए । आठौं ओभरमा हैदराबादका स्पिनर वासिन्टन सुन्दरले तीन विकेट लिएपछि दिल्ली संकटमा पुगेको थियो ।

आठौं ओभरमा कप्तान डेविड वार्नर २० बलमा २१ रन बनाएर ह्यारी ब्रुकबाट क्याच आउट भए । एक बलपछि शर्फराज खान १० रनमा आउट भए । अन्तिम बलमा अमान हाकिम खान ४ रनमा अभिषेक शर्माको हातबाट क्याच आउट भएका थिए । यस्तै, मिचेल मार्श २५, रिपल पटेल ५ र एनरिच नोर्किया २ रनमा आउट भए ।

हैदराबादका वासिन्टन सुन्दरले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । तीव्र गतिका बलर भुवनेश्वर कुमारले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिँदा टि नटराजनले एक विकेट लिए ।

दिल्ली ७ खेलमा २ मा जित र ५ मा हारसहित अंकतालिकाको पुछारमा छ । हैदराबाद  पनि ७ खेलमा २ मा जित र ५ मा हारसहित नवौं स्थानमा छ । चेन्नई ७ खेलमा ५ मा जित सहित १० अंकका साथ शीर्ष स्थानमा छ । समान ८ अंक भएपनि नेटरनरेटको कारण राजस्थान रोयल्स दोस्रो, लखनउ तेस्रो, गुजरात चौथो, बेंगलोर पाँचौं र पन्जाब छैटौं स्थानमा छन् ।