१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

मस्को र कीभबीच तनाव बढ्दै गएपछि युक्रेनमा रहेको जापानी दूतावासका कर्मचारीले देश छाड्ने

मस्को र कीभबीच तनाव बढ्दै गएपछि युक्रेनमा रहेको जापानी दूतावासका कर्मचारीले देश छाड्ने
अ अ+ अ-

टोकियो । जापानले युक्रेनबाट आफ्ना दूतावासका लगभग सबै कर्मचारीहरूलाई फिर्ता गरिरहेको छ र त्यहाँ रहेका जापानी नागरिकहरूलाई तुरुन्तै  देश छाड्न आह्वान गरिरहेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेको छ।

किभस्थित जापानी दूतावासले आइतवार आफ्नो अधिकांश कर्मचारी युक्रेन छोड्ने बताएको छ । सीमा नजिक मस्कोको सैन्य निर्माण पछि सम्भावित रुसी आक्रमणलाई लिएर तनाव द्रुततर गतिमा बढिरहेको छ ।

जापानी समाचार एजेन्सीका अनुसार शुक्रबार युक्रेनमा रहेका जापानी नागरिकहरूलाई तुरुन्तै देश छाड्न सल्लाह दिइएको दूतावासले पठाएको इमेलमा उल्लेख गरिएको छ 'केही' कर्मचारीहरू मात्र देशमा रहने भएकाले सोमबारदेखि यसको काम थप सीमित हुनेछ ।
 
यसैबीच, धेरै देशहरूले युक्रेनबाट सेना फिर्ता गर्न थालेका छन् र नागरिकहरूलाई जतिसक्दो चाँडो देश छोड्न आग्रह गरेका छन्। वाशिंगटनले केही अमेरिकी सेनालाई युक्रेनबाट बाहिर सारेको छ र शनिबार आफ्ना दूतावासका अधिकांश कर्मचारीहरूलाई बाहिरिन आदेश दिएको छ । (रासस/एएनआई)