२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझै पनि कम्युनिष्ट पार्टी निर्माणको कामलाई प्राथमिकता दिएको भन्दै निधिले गरे प्रधानमन्त्रीको आलोचना



अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले अझै पनि कम्युनिष्ट पार्टी निर्माणको कामलाई प्राथमिकता दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना गर्नु भएको छ ।

आईतबार (हिजो)कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर प्रधानमन्त्री दाहालले समाजवादी मोर्चा केही दिन भित्रै गठन गरी नेकपा पुनर्विजित गराउने घोषणा गर्नु भएको थियो । नेता निधिले त्यसप्रति असन्तुष्टि जनाउँदै हामीले ठूलो क्रान्ति गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था दल निर्माणका लागि हो र ? भनि प्रधानमन्त्री दाहाललाई प्रश्न समेत गर्नु भयो ।

सोमबार काठमाडौंमा आयोजित ‘नेपाली परिवेशमा लोकतन्त्रका आयाम’ विचार संवाद कार्यक्रम उहाँले सामाजिक–आर्थिक विकास र प्रगतिका लागि संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएकोमा गर्व गर्ने नेताहरुले दल निर्माणलाई प्राथमिकता दिन नमिल्ने तर्क समेत गर्नु भयो । नेता निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो संघीय लोकतान्त्रिक गणतन्त्र हुने उल्लेख गर्दै त्यसैलाई प्राथमिकता दिएर अघि बढने गरी बहस गर्नुपर्नेमा पनि जोड दिनु भयो । उहाँले भन्नु भयो, ‘मैले सुनेको हिजो भाषणहरुमा के भनिएको छ भने–हामी छिट्टै समाजवादी फ्रन्ट बनाउँछौं । मान्छे अधिकार हो, नेता, दलको अधिकार हो । ठिकै छ, राम्रै कुरा हो । के, को लागि ? समाजवादी फ्रन्ट बनाउँछौं ।

कम्युनिष्ट पार्टी निर्माणका लागि । यसको म दुईवटा आयाम म हेर्दछु । त्यो भए के नेपालमा हामी जुन आन्दोलन गर्यौँ, क्रान्ति गर्यौँ, परिवर्तन गर्यौँ भनेर हामी सबै नेताले भन्दछौं । त्यो के अझै पनि समाजको विकासको लागि, आर्थिक विकासको लागि, प्रगतिको लागि । त्यो चरणमा हामी प्रवेश गरिसकेका छौं । अझै हामी दल निर्माणकै प्रक्रियामा छौं त दल निर्माण नै हाम्रो प्रायोरिटी हो ? यो मेरो प्रश्न छ है । आज लोकतन्त्र दिवस । मेरो जिज्ञासा छ–के नेपालको राजनीतिमा अझै दल निर्माणकै प्राथमिकता हो र ? के नेपालको राजनीतिमा अझै दल निर्माणकै प्राथमिकता हो र । त्यसकारण केही राजनीतिक दलका नेताहरु राजनीतिक दलकै निर्माणमा लाग्नु भएको छ । भनेपछि त हामीले ल्याएको प्रणाली, हामीले ल्याएको संविधान, दुई, दुई वटा चुनाव ग¥यौं । त्यसको बारेमा त हामीले केही सोच्नु पर्ने हुन्छ । त्यसकारणले एउटा कुरा मलाई यहाँ आएको छ–यदि हामीले यो प्रणाली ल्याएकोमा गर्व गर्दछौं भने लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुन्छ । जनवादी केन्द्रियता भएको नेपाल कम्युनिष्ट प्रणाली भएको देश त होइन ।

हामीले संविधान बनाएका छौं भनेर घोषणा गर्छौं । हामीले यसका कार्यान्वयन गर्नुपर्छ भने, पालना गर्नुपर्छ भने यस संविधानले अंगालेको प्रणाली र यसको फण्डामेन्टल इलिमेन्ट्सलाई तदनुरुपनै विकसित गरौं । गुलियो छ भने अझै राम्रो गुलियो बनाऔं । डाईभिटिज नहोस् त्यस्तो राम्रो गुलियो बनाऔं । सुपाच्य होस् । म एउटा त्यो कुरा भन्छु । र, त्यसकारण यो एउटा बहसको विषय भएको छ । र, लोकतन्त्रको भविष्यलाई हामीले अहिले जुन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली ल्याएका छौं । यो भन्दा राम्रो गणतन्त्रनै गणतन्त्रको विकल्प हो । यो भन्दा राम्रो लोकतन्त्रनै लोकतन्त्रको विकल्प हो । यो भन्दा राम्रो संघीय प्रणाली नै संघीय प्रणालीको विकल्प हो । यो भन्दा राम्रो स्थानीय तह नै स्थानीय तहको विकल्प हो । त्यसरी हामीले विश्लेषण गर्दै जानु पर्दछ । त्यसको भविष्यका लागि हामीले काम गर्नु पर्दछ भन्ने मलाई लाग्दछ ।’

नेता निधिले मुलुकमा कम्युनिष्ट शासन नरहेकाले वर्तमान संविधानलाई कार्यान्वयन गर्दै पालना गरेर अघि बढनुको विकल्प नरहेको पटकपटक दोहो¥याउनु भयो ।




भर्खरै