२२ असार २०८३, सोमबार
,
Latest
ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

असार २५ सम्ममा कर तिर्न सरकारको निर्देशन, अन्यथा जरिबाना लाग्ने



अ+ अ-

काठमाडौं । आन्तरिक राजस्व विभागले असार २५ गतेसम्म कर तिर्न आग्रह गरेको छ ।  विभागले बुधबार एक सूचना जारी गर्दै कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको हो ।

विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला गर्नुका साथै २०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण पनि असार २५ गतेसम्म बुझाउनुपर्नेछ ।

यस्तै २०७७ चैत र २०७८ वैशाखमा बुझाउनुपर्ने अन्तःशुल्क विवरण तथा त्यस अनुसारको अन्तःशूल्क दाखिला गर्ने र २०७७ चैत र २०७८ वैशाख महिनाको बुझाउनुपर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शूल्क र दूरसंचार सेवा दस्तुर दाखिला गर्ने म्याद समेत २५ असार २०७७ सम्म थप भएको विभागले जनाएको छ ।

मंगलबार सर्वोच्च अदालतले सरकारले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना जारी गरेर कर तिर्ने समय तोक्न सक्ने आदेश दिएको थियो ।
 
हेर्नुहोस् सूचना