१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको आदेशपछि सिंहदरबारको फोहोर उठ्न थाल्यो



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि सिंहदरबारको फोहोर उठाउन थालेको छ। सर्वोच्च अदालतले ३ दिनभित्र सिंहदरबारको फोहोर उठाउन उठाउन आदेश दिएपछि महानगरले आजदेखि फोहोर उठाएको हो ।

सिंहदरबारको फोहोर परिवर्तन सेवा कम्पनीले उठाएको छ । यसअघि मेयर बालेन शाहले साह संघीय सरकारले आफूहरुसँग समन्वय र सहयोग नगरेको भन्दै गत चैत २४ गतेदेखि शितलनिबास,सिंहदरबार , बालुवाटार क्षेत्रको फोहोर उठाउन रोकेका थिए ।

शुक्रबार न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले सिंहरदरबारभित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शितल निवास र प्रधानमन्त्री कार्यालय रहेको क्षेत्रका फोहोर उठाई अविलम्ब बिसर्जन गर्न आदेश दिएको थियो।