११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

संवैधानिक परिषदसम्बन्धी विधेयक संसदबाट पारित हुने, तीन दलबीच सहमति जुट्यो

संवैधानिक परिषदसम्बन्धी विधेयक संसदबाट पारित हुने, तीन दलबीच सहमति जुट्यो
अ अ+ अ-

काठमाडौँ । प्रमुख तीन राजनीतिक दलका बीचमा संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई तत्काल नै प्रतिनिधिसभाबाट टुङ्गो लगाउने सहमति भएको छ ।

संवैधानिक परिषद्सम्बन्धी विधेयक लामो समयसम्म अगाडि बढ्न नसक्दा सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नियुक्तिमा अड्चन हुँदै आएको थियो । यस्तै, शान्ति प्रक्रियासँग जोडिएको सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलाई विशेष समिति गठन गरेर निष्कर्षमा लैजाने सहमति भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको तीन दलका शीर्ष नेताको बैठकमा १५ सदस्यीय विशेष समिति गठन गरेर शान्ति प्रक्रियाका कामलाई निष्कर्षमा लैजाने सहमति भएको नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो ।

मङ्गलबारबाटै सदनमा त्यससम्बन्धी प्रक्रिया अगाडि बढाइने उहाँले जानकारी दिनुभयो । यस्तै, एमालेले तीनवटा समितिको नेतृत्व लिने सहमति भएको छ । त्यसमा सार्वजनिक लेखा समिति, राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापति एमालेले लिनेछ । अर्को एक समितिका बारेमा निर्णय भए पनि टुङ्गो लागेको छैन । यस्तै, संयुक्त समितिमध्येको संसदीय सुनुवाइ विशेष समितिको सभापति भने नेपाली कांग्रेसले लिनेछ ।

प्रतिनिधिसभामा रहेका अन्य १० वटा विषयगत समितिका सभापतिमध्ये लेखा समितिबाहेक अन्य समितिमा भने सत्तारूढ गठबन्धनले एक आपसमा भागबन्डा गर्नेछन् । “प्रमुख विषयमा सहमति भएको छ । अब सहज रुपमा प्रक्रिया अगाडि बढ्छ”, एमाले संसदीय दलका प्रमुख सचेतक गिरीले भन्नुभयो ।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे सहभागी हुनुहुन्थ्यो ।