११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

विपद् व्यवस्थापनका लागि लगानी प्रवद्र्धन गर्नु पर्नेमा गृहमन्त्री श्रेष्ठको जोड

विपद् व्यवस्थापनका लागि लगानी प्रवद्र्धन गर्नु पर्नेमा गृहमन्त्री श्रेष्ठको जोड
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनका लागि लगानी प्रवद्र्धन गर्नु पर्नेमा जोड दिनु भएको छ ।

सोमबार काठमाडौंमा आयोजित ‘विपद जोखिम व्यवस्थापन: नीतिगत व्यवस्थादेखि अभ्याससम्म’ विषयक राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

त्यस अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नागरिक तहसम्म विमा संस्कृतिको प्रवद्र्धन गर्न सके विपद व्यवस्थापनमा गरिएको प्रयासहरु थप एकीकृत र मजबुत भई सम्भावित क्षति न्यून गर्न सहज हुने पनि स्पष्ट पार्नु भयो । उहाँले विपद जोखिम कोषलाई राहतमा मात्रै केन्द्रित नगरी जोखिम न्यूनिकरण, विपदका समयमा खुला स्थानहरुको पहिचान र विकास जस्ता दीर्घकालीन महत्वका अतिआवश्यक कार्यमा परिचालन गर्न पनि स्थानीय तहलाई आग्रह गर्नु भयो ।

उपप्रधानमन्त्री श्रेष्ठले विपद जोखिम न्यूनिकरण राष्ट्रिय रणनीतिक कार्ययोजनाको प्रभावकारी कार्यान्वयन र अनुगमनका साथै पूर्व तयारी र जोखिम न्यूनिकरणका कामलाई एकीकृत गर्न आवश्यक रहेको पनि उल्लेख गर्नु भयो । उहाँले तीन वटै तहका सरकार र अन्य सरोकारवाला निकायहरुको समन्वयमा मात्रै विपद व्यवस्थापनको कामलाई प्रभावकारी ढंगले अघि बढाउन सकिने पनि बताउनु भयो ।

उपप्रधानमन्त्री श्रेष्ठले भन्नु भयो, ‘विपद व्यवस्थापन कोषलाई राहतमा मात्रै केन्द्रित नगरी जोखिम न्यूनिकरण, विपदका समयमा आवश्यक खुला स्थानहरु पहिचान र विकास जस्ता दीर्घकालीन महत्वका अतिआवश्यक कार्यमा परिचालन गर्न हुन म स्थानीय तहका पदाधिकारीहरुलाई समेत विशेष अनुरोध गर्न चाहन्छु । विपद जोखिम व्यवस्थापनमा अन्तरतह र अन्तर निकाय समन्वयलाई थप प्रभावकारी बनाउने, राष्ट्रिय स्तरमा बहुप्रकोपीय आँकलन, नशांकन गर्ने, विकास योजनामा विपद जोखिमको व्यवस्थापनको अवयवलाई मूल प्रवाहीकरण गर्ने, विपद जोखिम न्यूनिकरण राष्ट्रिय रणनीतिक कार्ययोजनाको प्रभावकारी कार्यान्वयन र अनुगमनका साथै पूर्व तयारी र जोखिम न्यूनिकरणका कामलाई एकीकृत गर्न आवश्यक छ ।

त्यसैगरी राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई थप समन्वयात्मक भूमिका अभिवृद्धि गरी प्राविधिक सहयोगमा केन्द्रित गराई अन्य निकायहरुलाई विपद् जोखिम व्यवस्थापनका क्षेत्रका क्रियाशील गराउनका लागि आवश्यक क्षमता अभिवृद्धि गरी संस्थागत सुदृढीकरण गर्न आवश्यक हुन्छ । त्यसैगरी विपद जोखिम व्यवस्थापनमा दातृ निकाय, साझेदार संस्था र निजी लगानी प्रवद्र्धन गर्ने, सम्भावित क्षतिबाट राज्यलाई पर्ने व्ययभार कम गरी नागरिक तहसम्म विमा संस्कृतिको राष्ट्रिय स्तमा प्रवद्र्धन गर्न सके विपद व्यवस्थापनमा हाम्रा प्रयासहरु थप एकीकृत र मजबुत भई सम्भावित क्षेत्र क्षति न्यून गर्न सहज हुनेछ ।’

उपप्रधानमन्त्री श्रेष्ठले विपद व्यवस्थापनका लागि जोखिमको तुलनामा हाम्रा प्रयास, लगानी, क्षमता एवम् साधन, स्रोतको कमी भएको औंल्याउँदै यसको क्रमश: वृद्धि गर्दैै लैजानुपर्ने बताउनु भयो । उहाँले नेपालको संविधानले विपद् व्यवस्थापनको काममा तीन वटै तहको सरकारलाई जिम्मेवार बनाएको उल्लेख गर्दै सोही अनुसार अघि बढनुपर्ने बताउनु भयो ।

गृह मन्त्रालय अन्तरगत राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको स्थापना भई विपद जोखिम न्यूनिकरण, पूर्व तयारी तथा पुनर्निर्माण र पुनस्थापनाका विविध क्रियाकलापहरु संचालन भईराखेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सबै तहका सरकारका संयन्त्रहरुका साथसाथै गैरसरकारी क्षेत्र, निजी क्षेत्र र समूदायसम्म विपद् जोखिमको बुझाई अभिवृद्धि गर्दै लैजान जरुरी रहेको पनि बताउनु भयो । उहाँले भन्नु भयो, ‘नेपालको संविधानले विपद व्यवस्थापनलाई सबै तहको साझा जिम्मेवारीमा राखेको छ । यसले विपद व्यवस्थापनको विषय सबैको साझा जिम्मेवारी र संयुक्त प्रयासमा हुनुपर्ने विषयलाई प्रष्ट पार्दछ । जसमा सरकार, गैरसरकारी क्षेत्र, निजी क्षेत्र, समूदाय र नागरिक स्वयम पनि यसबारे सुसूचित र जिम्मेवार हुनुपर्ने आवश्यक्ता दर्शाउँछ ।

सबै तहका सरकारका संयन्त्रहरुलाई साथसाथै गैरसरकारी क्षेत्र, निजी क्षेत्र र समूदायसम्म विपद् जोखिमको बुझाई अभिवृद्धि गर्दै लैजानु पर्दछ । विपद व्यवस्थापनसम्बन्धि कानुनी प्रबन्ध, नीतिगत व्यवस्था र अन्तराष्ट्रिय प्रतिवद्धता अनुरुप रणनीतिक कार्ययोजना तयार गरी तदनुरुपका क्रियाकलापहरु संचालन हुने प्रयत्न भईराखेका छन । गृह मन्त्रालयले विपद् व्यवस्थापनका सम्बन्धमा सरकारका सबै निकाय र तहसँग नीतिगत समन्वय एवम् विपद प्रतिकार्यको नेतृत्व गरिरहेको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले विपद व्यवस्थापनसम्बन्धि चुनौतिहरुको सामना गर्नका लागि सरोकारवाला निकायको दिएको सुझावलाई सरकारले कार्यान्वयन गर्दै अघि बढने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।