२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित

विपद्मा खटिन केन्द्रको आदेश पर्खनु पर्दैनः सेना

विपद्मा खटिन केन्द्रको आदेश पर्खनु पर्दैनः सेना
अ अ+ अ-

काठमाडौँ । नेपाली सेनाले सिन्धुपाल्चोक र मनाङमा बाढीपहिराका जोखिममा परेका नागरिकलाई उद्धार गरेको छ । मनाङको सदरमुकाम चामे र सिन्धुपाल्चोक मेलम्ची क्षेत्रमा मंगलबारको भीषण वर्षापछि आएको बाढीपहिराका कारण पूर्वाधारलगायत ठूलो परिमाणमा सम्पत्तिको क्षति भएको छ ।

मनाङमा करीब तीनदेखि चार सय बाढी प्रभावित मानिसलाई नजीक सुरक्षित स्थानमा पु¥याउन र अलपत्र परेकालाई त्यहाँ तैनाथ रणसुर गणले उद्धार र सहयोग गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सिन्धुपाल्चोकमा  बाढीपहिरोमा परी अलपत्र परेका चार जनाको सेनाको हेलिकोप्टरले उद्धार गरेको छ । बाढीबाट अप्ठेरोमा पर्न सक्ने मानिसलाई सुरक्षित स्थानमा लैजान र पुनर्वासका लागि अस्थायी सेल्टर निर्माणका लागि पनि सङ्गठनले सहयोग गरिरहेको छ ।’  भीषण र लगातारको वर्षापछि खसेको पहिराले मेलम्ची खोला थुनिएर गएको बाढीले खोला किनारको बस्ती, माछा फार्म र मेलम्ची बजार क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । त्यस क्षेत्रका कयौँ  घरगोठ, पशुचौपाया बगाएको तथा माटासहितको बाक्लो लेदोले मेलम्ची बजार क्षेत्रका बस्ती र खेतीयोग्य जमीन पुरेको छ ।

प्रभावित क्षेत्रका जनतालाई तत्काल खाना र राहत उपलब्ध गराउने तथा पाललगायत अत्यावश्यक सामग्री ढुवानीमा पनि सेना संलग्न छ । नागरिकको सहयोगका लागि सेनाले स्थानीय प्रशासन, अरु सुरक्षा फौज र सरोकार निकायको समन्वय र सहकार्यमा काम गरिरहेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

सैनिक मुख्यालयले प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको नेपालका ७७ वटै जिल्लामा रहेका आफ्ना एकाइलाई तत्तत् स्थानमा रहेको जनशक्तिको एक तिहाइ फौज विपद् व्यवस्थापन र प्रतिकार्यका लागि खटिने सिलसिलामा तैनाथ अवस्थामा रहन निर्देशन दिएको छ । विपद् व्यवस्थापनका सिलसिलामा कसैले पनि केन्द्रको आदेश पर्खनु नपर्ने तथा स्वतः परिचालन हुने गरी पूर्वनिर्देशन भइसकेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

यस वर्षको मनसुनको आगमनसँगै बाढीपहिरोलगायत प्राकृतिक प्रकोप र विपद्का घटना आउन सक्ने अनुमान गरी गृह मन्त्रालयसहितका सरोकार निकायसँगको समन्वय र सहकार्यमा जोखिम क्षेत्रको पहिचान गरिएको थियो । त्यसै आधारमा सेनालगायत सुरक्षा फौजले जनशक्ति परिचालनको व्यवस्थापन मिलाइसकेको छ । अघिल्लो वर्ष सेनाले विपद् व्यवस्थापन न्यूनीकरणका लागि प्रतिकार्यका विभिन्न अभ्यास गरेको थियो । विपद् प्रतिकार्यका लागि सञ्चालन गर्ने सन्दर्भमा सेनाका हवाई साधन पनि इटहरी, काठमाडौँ र सुर्खेतमा पूर्वतयारी अवस्थामा राखिएको जानकारी दिइएको छ । सेनाले उपलब्ध विभिन्न खाले २०० डुङ्गाको व्यवस्था गरेको छ । सेनाका चितवन र काठमाडौँ सुन्दरीजलमा विपद् व्यवस्थापन गण तैनाथ छन् । विभिन्न पृतनामा आवश्यक जनशक्ति त्यहाँबाट तत्काल खटिने व्यवस्था मिलाइएको सेनाले जनाएको छ । 

कोभिड–१९ को प्रकोपको विद्यमान अवस्थालाई दृष्टिगत गरी सेनाले स्वास्थ्यका सवै मापदण्ड पूरा गरेर काम गर्नुपर्ने भएकाले सम्भव भएसम्म पालनामा पनि ध्यान पु¥याउने छ । सेनाका जनशक्तिमध्ये ५० हजारले पहिलो र २७ हजारले दोस्रो मात्रका खोप लगाइसकेका छन् । जनशक्ति खटाउँदा भरसक खोप लगाएकालाई प्राथमिकता दिने बताइएको छ । रासस