२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित

भक्तपुरमा शून्यमा झर्दै मृत्युदर, घट्यो अस्पतालमा चाप

भक्तपुरमा शून्यमा झर्दै मृत्युदर, घट्यो अस्पतालमा चाप
अ अ+ अ-

भक्तपुर । कोरोना सङ्क्रमणको मृत्युदर घट्दै गएपछि जिलाका अस्पतालका श्यया खाली हुन थालेका छन् । अस्पतालमा अक्सिजन अभाव घटेर उपचारमा सहज हुन थालेको छ ।  सङ्क्रमितको निको हुने दर पनि ह्वात्तै बढेको छ । पिसिआर परीक्षणका लागि आउनेको संख्या पनि घटेको छ ।

कोभिड–१९ को दोश्रो लहरको महामारीले उग्र रुप लिँदा भक्तपुर अस्पतालमा एकैदिन कोभिडका ८३ जनासम्म बिरामी राखेर उपचार गरिएको थियो भने आज यस अस्पतालमा २२ जना कोभिडका विरामीको उपचार भइरहेको छ ।

भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ड डा. सुमित्रा गौतमले छ शय्या आइसियु, छ शय्या भेन्टिलेटर र ४६ शय्याको एचडियु तथा कोभिड आकस्मिक कक्षसहित एकै दिन ८३ जना कोभिडका बिरामी राखेर उपचार गरेको कहालीलाग्दो अवस्था पार गर्दै आएको बताउनुभयो । 

भक्तपुर अस्पतालमा कोभिडका कारण १३ महिला र १० पुरुष गरी २३ जनाको मृत्यु भएको छ । दैनिक ३०० जनासम्मको पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने गरेकोमा अहिले घटेर दैनिक ७० जनाको हाराहारीमा स्वाब संकलनका लागि आउने गरेको उहाँले बताउनुभयो । उहाँले कोभिडका बिरामी घटे पनि अस्पतालले विगतमा सञ्चालन गर्दै आएको ओपिडी र शल्यक्रियालगायतका अन्य सेवा अब नियमित हुन थालेको जानकारी दिनुभयो ।   

कोभिडका बिरामीको उपचार गर्दै आएको मध्यपुरथिमी नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालि अस्पतालमा पनि कोरोना सङ्क्रमित घटेपछि श्यया खाली हुन थालेका छन् । एकै पटक ५२ जनासम्म कोभिडका बिरामीको उपचार गरेको यो अस्पतालमा आज आठ जनाको मात्रै उपचार भइरहेको छ । 

अस्पतालका प्रशासन अधिकृत रुपेश श्रेष्ठले बिरामीको चाप घटेपछि आज तीन जना भेन्टिलेटरमा र पाँच जना एचडियुमा उपचाररत रहेको बताउनुभयो । दैनिक पिसिआर परीक्षणका लागि ४०० सम्म आउन थालेपछि अस्पतालले टोकन बाँढेर दैनिक २०० जनासम्मको परीक्षण गरेकामा अहिले दैनिक ९० जनासम्म परीक्षणका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारका अनुसार अहिले जिल्लामा २९ पुरुष र २८ महिला गरी ५७ जनामात्र अस्पताल र आइशोलेसन केन्द्रमा उपचाररत रहेका छन् । कूल सङ्क्रमित मध्ये ३२५ पुरुष र ३५९ महिला गरी ६८४ जना होम आइशोलेसनमा रहेका छन् ।

प्रमुख मिजारले भक्तपुरमा ९५ प्रतिशत सङ्क्रमित निको भएर घर फर्किएको जनाउनुभयो । कूल २१ हजार २३४ जना सङ्क्रमित मध्ये ९५ दशमलव २० प्रतिशत अर्थात् २० हजार २१६ जना सङ्क्रमित निको भएर घर फर्किएका हुन् ।

सङ्क्रमित संख्या घटेसँगै भक्तपुरमा कोरोनाबाट मृत्युदर समेत घटेको छ । जिल्लामा जेठ २५ गते यता एक जनाको मात्र कोरोना सङ्क्रमितका कारण मृत्यु भएको उहाँले जानकारी दिनुभयो । 

एकैदिन १४ जनासम्मको कोरोनाबाट मृत्यु भएको भक्तपुरमा गत जेठ २४ गते यता मृत्युदर घटेर शून्यमा झरेको छ । गत जेठ २८ सङ्क्रमित एक पुरुषको मृत्युपछि त्यसयता सङ्क्रमितको मृत्यु भएको छैन । 

जिल्लामा सबैभन्दा बढी मध्यपुरथिमी नगरपालिकामा ६३ पुरुष र २८ महिला गरी ९१ जना, भक्तपुर नगरपालिकामा ४४ पुरुष र ३० महिला गरी ७४ जना, सूर्यविनायक नगरपालिकामा ४७ पुरुष र २८ महिला गरी ७५ जना र चाँगुनारायण नगरपालिकामा २६ पुरुष र ११ महिला गरी ३७ जना सङ्क्रमितको मृत्यु भएको मिजारले जानकारी दिुनभयो । सङ्क्रमितमध्ये होम आइशोलेसनमा ३२५ पुरुष र ३५९ महिला गरी ६८४ जना सङ्क्रमित रहेका छन् ।
–रमेश गिरी