१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्कृष्ट सेवा प्रदान गर्दै आएको प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिर्सेसको शाखा अब नेपालमा



अ+ अ-

काठमाडौं । प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिर्सेसले नेपालमा नयाँ शाखा सञ्चालनमा आउने भएको छ । नेपालमा उद्घाटन हुने उक्त शाखाको नाम भने नेपाल प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेस रहने जनाईएको छ । काठमाडौंको व्यवसायिक केन्द्र मानिएको सेन्ट्रल बिजनेश पार्क, थापाथलीको दोस्रो तल्लामा मुख्यालय रहने उक्त शाखाको उद्घाटन भने यही बैशाख १३ गते बुधबार हुनेछ ।

आफ्ना सेवाग्राहीहरुलाई गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्दै आएको प्रोफेश्नल भिसा एण्ड सर्भिसेस सन् २०१५ मा स्थापना भएको हो । यसले आफ्नो स्थापनाकालदेखि नै आफ्नो सेवाका कारण प्रतिष्ठा कमाएको छ। सर्भिसेसले निरन्तर शिक्षा र आप्रवासन (माईग्रेसन) सम्बन्धी सबै प्रकारका सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले आफ्नो गुणस्तरीय सेवाका कारण विभिन्न अवार्डसमेत हात पारिसकेको छ । कम्पनीले सन् २०२२/२३ मा शीर्ष–३ को माईग्रेसन एजेन्ट सिड्नी अवार्ड, सन् २०२२/२३ मै बेष्ट विजनेस अवार्ड, सन् २०२२/२३ मै अष्ट्रेलियन स्मल विजनेस च्याम्पियन फाईनलिष्ट, लोकल विजसेन अवार्ड–२०२२ को विजेता र लोकल विजनेस अवार्ड–२०२३ को फाईनलिष्ट अवार्ड प्राप्त गरेको छ ।

प्रोफेश्नल भिसा एण्ड सर्भिसेसका सिईओ निशान्त शर्माले नेपालमा सेवा विस्तार गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । उनले भने,‘हामी नेपालमा पनि आफ्नो सेवा विस्तार गर्न र नेपाली विद्यार्थीहरुलाई भरपर्दो, उच्च गुणस्तरको शिक्षा र आप्रवासनसम्बन्धी सेवा प्रदान गर्न पाउँदा खुशी र हर्षित छौं ।’ उनले आफूहरु सधैं राम्रो नतिजा प्रदान गर्न अब्ब भएको कुरा प्रमाणित भएको पनि स्मरण गराएका छन् ।

उनले थपे–‘हामीसँग उत्कृष्ट नतिजा प्रदान गरेको रेकर्ड छ । हामी नेपाली विद्यार्थीहरुलाई उनीहरुको शिक्षा र आप्रवासनसम्बन्धीको लक्ष्य प्राप्त गर्न सफल हुनेछौं ।’ शाखाको उद्घाटन कार्यक्रममा सबैको उपस्थिति रहने जनाईएको छ ।