१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

एडिबीलाई उत्पादन र रोजगारी सिर्जना हुने परियोजनामा लगानी गर्न आग्रह



अ+ अ-

काठमाडौँ । नेपालले एशियाली विकास बैंकलाई उत्पादन र रोजगारी सिर्जना हुने परियोजनामा लगानी गर्न आग्रह गरेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र एशियाली विकास बैंक (एडिबी)का देशीय निर्देशक अर्नौड कौकोइसबीच आज सिंहदरबारमा भएको भेटमा उपाध्यक्ष श्रेष्ठले सरकारले उत्पादन र रोजगारी दिने खालका कार्यक्रम ल्याउने जनाउँदै त्यस्ता परियोजनामा लगानी बढाउन आग्रह गर्नुभएको हो ।

उहाँले नेपालमा उत्पादनमूलक र रोजगारी सिर्जना हुने परियोजनामा लगानी आवश्यक रहेको औँल्याउनभुयो । छलफलमा उपाध्यक्ष डा श्रेष्ठले नेपालको विकासमा बैंकले गरेको सहयोगप्रति आभार प्रकट गर्नुभयो । उहाँले आगामी दिनमा समेत सरकारलाई बैंकको सहयोग निरन्तर हुने विश्वास व्यक्त गर्नुभयो ।

सो क्रममा उहाँहरुबीच आयोग र बैंकबीचको सहकार्य तथा बैंकको सहयोगमा सञ्चालित आयोजनाको प्रभावकारी कार्यान्वयन सम्बन्धमा छलफल भएको थियो ।

बैंकका देशीय निर्देशक कौकोइसले हालै एडिबीले नेपालमा गरेको लगानीको ‘पोर्टफोलियो रिभ्यू’ भएको जानकारी दिँदै नयाँ सरकारले ल्याएका नयाँ परियोजनामा लगानी गर्न एडिबी तयार रहेको बताउनुभयो । एडिबीले लगानी गरेका नेपालका विकास परियोजनाको ‘पोर्टफोलियो’ सुधारिएको उहाँको भनाइ थियो ।

बैंकले नेपालको भौतिक पूर्वाधारलगायत क्षेत्रमा करिब रु चार खर्ब २१ अर्ब ९३।२ विलियन डलर० बराबरको लगानी गरेको छ । सन् २०२२ सम्ममा बैंकले ऊर्जा, यातायात, कृषि, खानेपानी, सहरी पूर्वाधार, सेवा क्षेत्र, ग्रामीण विकास र प्राकृतिक स्रोत, स्वास्थ्य शिक्षालगायत क्षेत्रमा त्यस्तो लगानी गरेको हो । मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो त्रिशूली जलविद्युत् आयोजनालगायत दर्जनौँ आयोजनामा बैंकले लगानी गरेको छ ।

गत वर्ष मात्र बैंकले नेपाललाई २५ करोड ५० लाख अमेरिकी डलर बराबर ऋण लगानी गरेको थियो । पोर्टफोलियो रिभ्यू कार्यक्रममा बैंकले सहरी खानेपानी तथा सरसफाइ आयोजना, बाग्मती नदी बेसिन सुधार, ग्रामीण उद्यम वित्तीय आयोजना र विद्युत् प्रसारण तथा वितरण दक्षता अभिवृद्धि आयोजनालगायतलाई पुरस्कृतसमेत गरेको थियो ।