२२ असार २०८३, सोमबार
,
Latest
ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीस्थित एपोलो अस्पतालमा एमाले नेता खनालको उपचार सुरु



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार सुरु भएको छ ।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले सामाजिक सञ्जालमार्फत खनालको एपोलो अस्पतालमा उपचार सुरु भएको जानकारी दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यूको उपचार प्रक्रिया दिल्लीको अपोलो अस्पतालमा आजैबाट शुरू भएकोछ। उहाँसंग र उहाँको उपचारको नेतृत्व गरिरहेका डाक्टरसित भेटघाट र स्वास्थ्यस्थितिबारे कुराकानी भयो। उहाँको शीघ्र सफल उपचारको विश्वास छ र पूर्ण स्वास्थ्यलाभको हार्दिक कामना छ।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालको शरीरमा हेमोग्लोबिनको पनि कमी देखिएपछि थप उपचारका लागि आजै दिउँसो दिल्ली लगिएको हो ।