११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

धाँधलीको कुनै प्रमाण बाहिर नआओस् भनेर मतगणनास्थलमा लाइभ रोकियो– सिके राउत

धाँधलीको कुनै प्रमाण बाहिर नआओस् भनेर मतगणनास्थलमा लाइभ रोकियो– सिके राउत
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले बारा निर्वाचन क्षेत्र नं १ मा भएको उपनिर्वाचनको मतगणनालाई लाइभ गर्न नदिइएकामा आक्रोश व्यक्त गर्नुभएको छ ।

उहाँले मतदानका दिन भएका धाँधलीका कुनै प्रमाण बाहिर नआओस् भनेर मतगणना स्थलको लाइभ गर्ने पार्टीको मागलाई बेवास्ता गरिएको आरोप लगाउनुभयो ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले भन्नुभएको छ, “पारदर्शिताबाट डर किन ? मतगणना स्थलको लाइभ गरिनु पर्ने हाम्रो मागको विपरीत मोबाइल फोनसमेत निषेध गरी मतगणना गर्नुको रहस्य के ? प्रहरी, प्रशासन र निर्वाचन अधिकृतको मिलेमतो हिजो पनि बूथहरूमा देखिएकै हो, मतपत्र बाहिर छयाप्छ्याप्ती भेटिएकै थिए, अब मतपेटिकाको सील पनि तोडिएको छ, अनि गोप्यरूपले गणना गरिँदै छ।”

लाइभ त अचेल एउटा मोबाइलबाट पनि जो सुकैले गर्न सक्छन् भन्दै उहाँले त्यहाँ उल्टा लाइभ गरिनुको साटो मोबाइल पनि निषेध गरिएको बताउनुभयो ।

फेसबुकमा धाँधली रोक्न खोज्दा भौतिक आक्रमण गरिएका जनमतका कार्यकर्ताको फोटोसमेत पोस्ट गर्दै उहाँले लेख्नुभएको छ, “त्यहाँ भएका मतगणना प्रतिनिधिहरूलाई त हाम्रा बूथ प्रतिनिधिहरूलाई डरत्रास देखाएर जसरी चुप गराइएका थिए, त्यसरी नै गराउने त होला। ”