२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झलनाथको विज्ञप्तिले झस्केको नेपाल समूह



अ+ अ-

काठमाडौं । उपचारका लागि भारतको राजधानी दिल्ली जानु भन्दा केही समय अघि मात्र नेकपा एमालेका पूर्व अध्यक्ष झलनाथ खनालले जारी गरेको बिज्ञप्तिले एमाले भित्र खैलाबैला भएको छ । स्वास्थ्य वा अनय अरु कृुनै कारण पछिल्लो समयमा अध्यक्ष ओली प्रति त्यत्ति आक्रामक नदेखिनुभएका नेता खनालले विभाजनको विपक्षमा उभिन पार्टी पंक्तिलाई आह्वान गरे लगत्तै नयाँ तरंग आएको हो ।

खनालको आधिकारीक फेसबुक बाट जारी भएको बिज्ञप्ति माथी माधब नेपाल समूहका नेताहरु डा. बिजय पौडेल र जगन्नाथ खतिवडाले विरामी नेताको नाममा हस्ताक्षर दुरुपयोग भन्दै सामाजिक संञ्जालमा शंका व्यक्त गर्नुभएको ।  तर नेता खनालको सचिवालयले भने बिज्ञप्ति खनालकै सहमतिका जारी भएको स्पष्ट पारेको छ ।  उपचारका लाथिग दिल्ली जानु अघि अध्यक्ष केपी ओली र महासचिव ईश्वर  पोखरेल संग संक्षिप्त सम्बाद गर्दे खनालले पार्टी एकताका लागि आब्हान गर्ने आफनो मनासाय रहेको जनाउनु भएको थियो  ।

उहाँको मनसाय पछि अस्पतालमा नै रहनु भएका खनालका नातेदार समेत पर्नुहुने  नेता भीम आचार्यले बिज्ञप्ति तयारी गरी सुनाएपछि उहाँको फेसबुकबाट सार्बजनिक भएको थियो । एउटै समूहका रहेर अध्यक्ष ओली बिरुद्ध मोचाृबन्दी गरेका नेताले जारी गरेको बिज्ञप्ति प्रति सोही समूहका देखिएको शंका ले नेपाल समूह भित्र एक अर्का प्रति कति आशंक रहेको छ भन्ने प्रष्ट भएको छ ।

खनालको सचिवालयले स्पष्ट पारेपनि नेता पौडेल र खतिवडाले भने सामाजिक सञ्जालमा कुनै प्रतिक्रिया जनाउनु भएको छैन । पछिल्लो समयमा नेता आचार्य पार्टी एकताका पक्षमा क्रियाशिल रहेपछि नेपाल समूहले उहाँ माथी शंकाको दृष्टिले हेर्न थालेको छ ।  

खनालको आब्हान पछि गरिएको शंका बारे  आचार्यले न्यूजपोलार संग भन्नुभयो  ‘पार्टीको दुबै समूहमा उग्रवादीहरु छन् । ओली समूहमा जसरी पनि खेल्नुपर्छ भन्नेहरु छन् भने यतापट्टी जबरजस्ती फुट्नुपर्छ भन्नेहरु छन् । उनीहरु एकताका लागि पहल गर्दैनन्, गर्नेहरुमाथि प्रहार गर्छन् ।’

यता खनालको बिज्ञप्तिले तरगं आउ लगत्तै पूर्बप्रधानमन्त्री डा. बाबुराम भट्टराई पूर्वप्रधानमन्त्री माधब नेपाललाई भेट्न कोटेश्वर स्थित निबासमा पुग्नु भएको थियो ।  दुई दिन अघि पनि नेताहरु बीच एकताको पहल भै रहदा नेता नेपालले काग्रेस सभापति शेरबहादुर देउवा र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोटेश्वर स्थित निबासमा नै बोलाएर ओली बिरुद्धको मोर्चा बन्दिलाई कसिलो बनाउने बारे छलफल गर्नुभएको थियो ।