२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित

झलनाथको विज्ञप्तिले झस्केको नेपाल समूह

झलनाथको विज्ञप्तिले झस्केको नेपाल समूह
अ अ+ अ-

काठमाडौं । उपचारका लागि भारतको राजधानी दिल्ली जानु भन्दा केही समय अघि मात्र नेकपा एमालेका पूर्व अध्यक्ष झलनाथ खनालले जारी गरेको बिज्ञप्तिले एमाले भित्र खैलाबैला भएको छ । स्वास्थ्य वा अनय अरु कृुनै कारण पछिल्लो समयमा अध्यक्ष ओली प्रति त्यत्ति आक्रामक नदेखिनुभएका नेता खनालले विभाजनको विपक्षमा उभिन पार्टी पंक्तिलाई आह्वान गरे लगत्तै नयाँ तरंग आएको हो ।

खनालको आधिकारीक फेसबुक बाट जारी भएको बिज्ञप्ति माथी माधब नेपाल समूहका नेताहरु डा. बिजय पौडेल र जगन्नाथ खतिवडाले विरामी नेताको नाममा हस्ताक्षर दुरुपयोग भन्दै सामाजिक संञ्जालमा शंका व्यक्त गर्नुभएको ।  तर नेता खनालको सचिवालयले भने बिज्ञप्ति खनालकै सहमतिका जारी भएको स्पष्ट पारेको छ ।  उपचारका लाथिग दिल्ली जानु अघि अध्यक्ष केपी ओली र महासचिव ईश्वर  पोखरेल संग संक्षिप्त सम्बाद गर्दे खनालले पार्टी एकताका लागि आब्हान गर्ने आफनो मनासाय रहेको जनाउनु भएको थियो  ।

उहाँको मनसाय पछि अस्पतालमा नै रहनु भएका खनालका नातेदार समेत पर्नुहुने  नेता भीम आचार्यले बिज्ञप्ति तयारी गरी सुनाएपछि उहाँको फेसबुकबाट सार्बजनिक भएको थियो । एउटै समूहका रहेर अध्यक्ष ओली बिरुद्ध मोचाृबन्दी गरेका नेताले जारी गरेको बिज्ञप्ति प्रति सोही समूहका देखिएको शंका ले नेपाल समूह भित्र एक अर्का प्रति कति आशंक रहेको छ भन्ने प्रष्ट भएको छ ।

खनालको सचिवालयले स्पष्ट पारेपनि नेता पौडेल र खतिवडाले भने सामाजिक सञ्जालमा कुनै प्रतिक्रिया जनाउनु भएको छैन । पछिल्लो समयमा नेता आचार्य पार्टी एकताका पक्षमा क्रियाशिल रहेपछि नेपाल समूहले उहाँ माथी शंकाको दृष्टिले हेर्न थालेको छ ।  

खनालको आब्हान पछि गरिएको शंका बारे  आचार्यले न्यूजपोलार संग भन्नुभयो  ‘पार्टीको दुबै समूहमा उग्रवादीहरु छन् । ओली समूहमा जसरी पनि खेल्नुपर्छ भन्नेहरु छन् भने यतापट्टी जबरजस्ती फुट्नुपर्छ भन्नेहरु छन् । उनीहरु एकताका लागि पहल गर्दैनन्, गर्नेहरुमाथि प्रहार गर्छन् ।’

यता खनालको बिज्ञप्तिले तरगं आउ लगत्तै पूर्बप्रधानमन्त्री डा. बाबुराम भट्टराई पूर्वप्रधानमन्त्री माधब नेपाललाई भेट्न कोटेश्वर स्थित निबासमा पुग्नु भएको थियो ।  दुई दिन अघि पनि नेताहरु बीच एकताको पहल भै रहदा नेता नेपालले काग्रेस सभापति शेरबहादुर देउवा र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोटेश्वर स्थित निबासमा नै बोलाएर ओली बिरुद्धको मोर्चा बन्दिलाई कसिलो बनाउने बारे छलफल गर्नुभएको थियो ।