११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

नियमविपरीत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको भित्तेपात्रो

नियमविपरीत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको भित्तेपात्रो
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मन्त्रिपरिषद्को आदेश विपरीत भित्तेपात्रो प्रकाशन गरेको भेटिएको छ ।

मन्त्रिपरिषद्को आदेश विपरीत विभागले प्रकाशित गरेको भित्तेपात्रोमा अक्षय तृतीया पर्वमा त्रुटी भेटिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अक्षय तृतीया वैशाख १० गतेका लागि तोके पनि उक्त भित्तेपात्रेमा वैशाख ९ गते उल्लेख थियो ।

पात्रो प्रकाशन गर्नका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । तर विभागले समितिबाट स्वीकृति नलिइ भित्तेपात्रो प्रकाशन गरेको भेटिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । यस विषयमा गृह मन्त्रालयका अधिकारीसँग कुराकानी भएको पनि उहाँले बताउनुभयो ।

विभागका महानिर्देशक रुद्रप्रसाद पण्डित भित्तेपात्रो प्रकाशन गर्दा गम्भीर त्रुटी भएको भेटिएको भन्दै हाल उक्त भित्तेपात्रे वितरणमा रोक लगाइएको जानकारी दिनुभयो ।

आफूखुसी भित्तेपात्रो प्रकाशन गर्दा तिथि, मिति, चाडपर्वमा फरक भएर विवाद आएपछि मन्त्रिपरिषद्को २०७७ साल पुस २० गतेको बैठकले नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति गठन आदेश स्वीकृत गरी पात्रो, भित्तेपात्रो र गोजीपात्रो प्रकाशन गर्नेले समितिसँग स्वीकृत लिनुपर्ने व्यवस्था गरेको थियो ।

गठन आदेश २०७८ साल साउनमा नेपाल राजपत्रमा प्रकाशन भएको थियो । नेपाल राजपत्रमा समितिको गठन आदेश प्रकाशन भएपछि विसं २०७९ देखि प्रकाशन भएका सबै पात्रो, भित्तेपात्रो र गोजीपात्रोले समितिसँग स्वीकृति लिनुपर्छ ।

पात्रो प्रकाशित गर्दा समितिबाट लिइएको स्वीकृति नम्बर पनि उल्लेख गर्नुपर्छे व्यवस्था छ । यस वर्षदेखि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा पात्रो, भित्तेपात्रो र गोजीपात्रो अनधिकृत रुपमा प्रकाशन भए/नभएको अनुगमन गर्न समिति गठन भएको छ । समितिमा गृह मन्त्रालयका उपसचिवलाई पनि सदस्य राखिएको छ ।

विभागले भने भित्तेपात्रो प्रकाशनमा त्रुटी भएको भन्दै सुधार गरिने प्रतिबद्धता जनाएको छ । विभागले भित्तेपात्रो प्रकाशनका लागि अस्मि प्रिन्टिङ प्रेसलाई जिम्मा दिइएको थियो । प्रेसका डिजाइनर भूषण श्रेष्ठले नै तिथि, मिति, चाडपर्व राखेको बजार व्यवस्थापक विश्वराज केसीले बताउनुभयो । समितिले पुसमै पात्रोलाई स्वीकृति दिन्छ । माघ पहिलो सातासम्म पात्रो प्रकाशन भएर बजारमा जान्छ । तिनै पात्रो किनेर डिजाइनरले भित्तेपात्रोको डिजाइन बनाउँछन् ।

भित्तेपात्रोमा पात्रोकै जस्तो तिथिचाड पर्व सबै उल्लेख गरिए पनि त्यसको स्रोत भने राखिएको हुँदैन । भित्तेपात्रो प्रकाशक संस्था आफैँले ग्रहगणित गरेर राखे जसरी भित्तेपात्रोमा तिथि, चाडपर्व राख्दा बेलाबेलामा यस्तो समस्या आउने गरेको पञ्चाङ्गकार सूर्यनाथ पन्त बताउनुहुन्छ । पञ्चाङ्गकारले पात्रोबाट भित्तेपात्रोमा सबै सामग्री हुबहु सारिँदा समस्या भएको भन्दै आए पनि कमैले मात्र प्रतिलिपि अधिकारअन्तर्गत कारबाहीको माग गर्ने गरेका छन् ।

विभागले तीन हजार भित्तेपात्रो प्रकाशन गरेको जनाएको छ । विभागले स्थापना कालदेखि नै पञ्जीकरण, राष्ट्रिय परिचय पत्रलगायत जानकारीमूलक सूचना राखी भित्तेपात्रो प्रकाशन गर्दै आएको जनाइएको छ । यसअघि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी अनधिकृत रुपमा प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको निरीक्षण एवं अनुगमन गरी नियमन गर्न निर्देशन दिएको थियो । निर्देशन दिएको केही दिनमै मन्त्रालय अन्तर्गतकै विभागले अननिधकृत रुपमा भित्तेपात्रो प्रकाशन गरी गम्भीर गल्ती गरेको तथ्य पत्ता लागेको छ ।

समितिले गत वर्षदेखि नै अनधिकृत रुपमा प्रकाशन हुने गरेका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको अनुगमन गरी कारबाही गर्ने भनेपनि हुननसक्दा यस क्षेत्रमा मनपरी हुन थालेको छ । समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी नियम, कानुनको अभावमा काम गर्न नसकिएको स्वीकार गर्दै यसवर्षदेखि भने कारबाहीका लागि समितिको आन्तरिक व्यवस्थापन दिग्दर्शन मन्त्रालयले स्वीकृत गरेको बताउनुहुन्छ । रासस