२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित

बाइडेन र पुटिनको शिखर बैठक सकियो, “वार्ता निकै रचनात्मक”: राष्ट्रपति पुटिन

बाइडेन र पुटिनको शिखर बैठक सकियो, “वार्ता निकै रचनात्मक”: राष्ट्रपति पुटिन
अ अ+ अ-

समाचार टिप्पणी

काठमाडौंः अमेरिकी राष्ट्रपति जो बाइडेन र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीचको बहुप्रतिक्षित जेनेभा शिखर वार्ता “द्वीपक्षीय सहमतिलाई अघि बढाउने” निष्कर्ष निकाल्दै सम्पन्न भएको छ । यी दुई नेताबीचको प्रत्यक्ष शिखर वार्ता झण्डै पाँच घण्टा चलेको थियो ।

सन् २०१६ को अमेरिकी राष्ट्रपतिको चुनावमा धाँधली र हस्तक्षेप गरी हिलारी क्लिन्टनलाई पराजित गर्न भूमिका निर्वाह गरेको भन्दै डेमोक्र्याटिक पार्टीको नेतृत्वपंक्ती राष्ट्रपति पुटिन र पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि निरन्तर आक्रोशित छ ।   

ट्रम्पकै कार्यकालमा रुसी भूमिका स्पष्ट नदेखिएको छानबिनले प्रस्ट गरे पनि डेमोक्र्याटिक पार्टीले त्यसलाई अझै विश्वास गर्न सकिरहेको छैन ।

त्यही कारण पछिल्लो जेनेभा वार्ताअघि पनि राष्ट्रपति बाइडेनले अमेरिकी चुनावहरुमा रसिया सरकारको संरक्षणमा ह्याकरहरुले संगठित साइबर आक्रमण गरेको आरोप लगाउँदै आउनु भएको छ ।

रसियाका विपक्षी नेता नाभाल्नीलाई गैरकानुनी रुपमा लोकतान्त्रिक मूल्यमान्यताको उपहास गरी निरन्तर गिरफ्तार गरिएको भन्दै बाइडेनले चिन्ता प्रकट गर्नु भएको छ ।

तानातान र आरोप प्रत्यारोपबीच नै बाइडेनले अमेरिकामा रहेका कैंयौं कुटनीतिक अधिकारीहरुलाई देश निकाला गर्नुका साथै साइबर आक्रमण र अमेरिकी चासोका क्षेत्रमा हस्तक्षेप गर्न भूमिका खेलेको भन्दै रसियाका केही व्यक्ति एवं सरकारी निकायमाथि थप प्रतिबन्धहरु घोषणा गर्नु भएको छ ।

यस्तो विषम परिस्थितिमा जेनेभामा दुई नेताबीच भेटवार्ता भएको छ । वार्ताले निश्चय पनि अनिश्चिततालाई चिर्न र समझदारी बढाउन महत्वपूर्ण भूमिका खेल्दछ ।

यतिखेर रसिया र अमेरिका विश्व राजनीतिमा अनेक मोर्चामा लडिरहेका छन् र त्यहाँ समझदारी बनाउन दुबैको हातेमालो जरुरी छ । अफगानिस्तान, सिरिया, लेबनान समेतका मध्यपूर्वका मुलुक एवं उत्तर कोरियाली मामिलामा रुस र अमेरिकाबीच समझदारी जरुरी छ ।

राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिनबीच वार्ता निकै सौहार्दपूर्ण रहे पनि दुबै नेताले एकअर्कालाई वासिङटन वा मस्को भ्रमणका लागि निम्ता गरेनन् ।

पत्रकार सम्मेलनमा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले दुबै मुलुक आणविक अस्त्रको स्थायित्वका लागि मिलेर कार्य गर्न प्रतिबद्ध रहेको बताउनु भएको थियो । उहाँले बाइडेनका बारेमा टिप्पणी गर्दै भन्नुभयो, “राष्ट्रपति जो बाइडेन निकै परिपक्व नेता हुनुहुन्छ । उहाँ पूर्ववर्ती राष्ट्रपतिभन्दा बिल्कुल फरक हुनुहुन्छ ।”

झण्डै दुई घण्टा आफूहरुबीच वार्ता निकै रचनात्मक भएको स्मरण गर्दै पुटिनले भन्नुभयो, “पूर्व राष्ट्रपति ट्रम्पभन्दा उहाँ निकै भिन्न हुनुहुन्छ ।”