११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

काम गरेको ज्याला नपाएपछि पुल बन्द

काम गरेको ज्याला नपाएपछि पुल बन्द
अ अ+ अ-

खलङ्गा । पुल निर्माणमा काम गरेको ज्याला नपाएपछि स्थानीय मजदुरले झोलुङ्गे पुल बन्द गरेका छन् । दुई वर्ष अगाडि निर्माण भएको दार्चुलाको दुहूँ गाउँपालिका वडा नम्बर १ र ५ जोड्ने झोलुङ्गे पुलमा काम गरेका स्थानीयवासीले काम गरेको ज्याला नपाएपछि पुल बन्द गरेका हुन् ।

गाउँपालिकाको रु दुई करोड १० लाख लागत रहेको तीन सय ९० मिटर लम्बाइ भएको उक्त पुलको २०७६ सालमा निर्माण सुरु भएको थियो । दुई वर्षभित्र पुल निर्माण गर्नुपर्ने समयसीमा रहेको पुलमा अहिले पनि लोड टेस्टलगायतका काम बाँकी रहेकाले अन्तिम किस्ता भुक्तानी हुन बाँकी रहेको गाउँपालिका–१ का वडाध्यक्ष जितबहादुर बमले बताउनुभयो । पुलमा केही संरचनाको प्राविधिक परीक्षणमा त्रुटिसमेत भेटिएको र पुलको छेउतिरको एक लठ्ठासमेत खुस्किएको अध्यक्ष बमले बताउनुभयो ।

पुल निर्माणको भौतिक काम सम्पन्न भएको दुई वर्ष समय हुँदासमेत ठेकेदार कम्पनीले श्रमिकहरूको ज्याला भुक्तानी नगरेको भन्दै स्थानीय श्रमिकहरूले शुक्रबारदेखि पुल बन्द गरेको गाउँपालिका अध्यक्ष नरेन्द्र बडालले बताउनुभयो । पटकपटक काम गरेको ज्यालाका लागि आग्रह गर्दा पनि ज्याला नपाएपछि पुल नै बन्द गर्नुपरेको श्रमिक मजदुरको भनाइ छ ।

झोलुङ्गे पुलको दुवै तिर तारजाली र जस्तापाता लगाएर बार लगाइएको छ । पुल बन्द भएपछि जिल्ला सदरमुकाम खलङ्गा आउने र काम विशेषले गाउँपालिकाको कार्यालयसम्म जाने नागरिकलाई दुई घण्टा लामो बाटो भएर जानुपर्ने अवस्था सिर्जना भएको स्थानीय नवीन जोशीले गुनासो गर्नुभयो ।

निर्माणको जिम्मेवारी पाएको जगदम्बा दोभान कन्सट्रक्सनले श्रमिकहरूको ज्याला अझैसम्म नदिनुका कारण भने खुलेको छैन । निर्माण कम्पनीको अन्तिम चरणको भुक्तानीसमेत लिन बाँकी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले बताउनुभयो ।

गाउँपालिकाको वडा नम्बर १, २ र ५ का स्थानीयवासीले उक्त पुल निर्माणको समयमा मजदुरी गरेका थिए । निर्माण सम्पन्न भइसकेको अवस्थामा मजदुरको ज्याला नदिई ठेकेदार कम्पनी सम्पर्कविहीन भएको स्थानीय पसलधनी नरेन्द्र जोशीले बताउनुभयो ।

यसअघि पनि स्थानीयवासीले पटकपटक आफूहरूले काम गरेको ज्याला पाउनुपर्ने भनी गाउँपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालयमा आग्रह गर्दा पनि सुनुवाइ नभएको भन्दै स्थानीय मजदुर आक्रोशित भएका छन् ।

निर्माण कम्पनीले मजदुरसँगै पसलधनी र ट्र्याक्टर व्यवसायीहरूको समेत पैसा दिएको छैन । स्थानीय श्रमिकहरू पसलधनी र ट्र्याक्टर व्यवसायीहरूले बेलाबेला गाउँपालिकाको न्यायिक समिति र जिल्ला प्रशासन कार्यालय दार्चुलामा अनुरोध गर्दा पनि कुनै निकास नआएपछि पुल बन्द गर्न बाध्य भएको पसलधनी नरेन्द्र जोशीले बताउनुभयो ।

“हामीले पटकपटक गाउँपालिका र प्रशासनलाई काम गरेको ज्याला दिलाइदिन आग्रह गर्‍यौँ, गाउँपालिकाले आश्वासन मात्रै दियो, हामीले काम गरेको ज्याला त पाउनु पर्‍यो, ज्याला मजदुरी गरेर परिवार पाल्ने हाम्रो समस्या कसले बुझ्छ रु”, श्रमिक राजेन्द्र जोशीले भन्नुभयो ।

गाउँपालिकाले पटकपटक ठेकेदार कम्पनीसँग सम्पर्क गर्न खोज्दा ठेकेदार कम्पनी सम्पर्कमा नआएको गाउँपालिकाका निवर्तमान अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताउनुभयो । “पहिलेदेखि नै हामीले ठेकेदार कम्पनीसँग सम्पर्क गर्न खोजेका हौँ, उहाँहरू सम्पर्कमा आउनुभएन”, उहाँले भन्नुभयो ।

पीडितहरूले जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन दिएको र ठेकेदार कम्पनीलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो ।

श्रमिकहरूले श्रम गरेबापतको रकम पाउनुपर्ने र स्थानीय श्रमिकहरूले पनि सार्वजनिक पुल बन्द गर्न नहुने उहाँको भनाइ छ । “ठेकेदारलाई गाउँपालिका र प्रशासनले सम्पर्क गर्न खोजे पनि सम्पर्क भएको छैन”, उहाँले भन्नुभयो । पुल निर्माण भइसकेको भए पनि निर्माण कम्पनीले गाउँपालिकालाई हस्तान्तरणसमेत नगरेको गाउँपालिकाका प्रवक्ता देवबहादुर बमले जानकारी दिनुभयो ।

“पुल गाउँपालिकालाई हस्तान्तरणसमेत भएको छैन, पुल सञ्चालनको अनुमति नै छैन, त्यहाँ आवतजावत नगर्न हामीले पनि आग्रह गरेका छौँ, पुलको लोड टेस्टसमेत नभएको रहेछ”, प्रजिअ जोशीले भन्नुभयो । उहाँले पुल प्रयोग गर्दा कुनै अप्रिय घटना भए राज्य जिम्मेवार नहुने बताउनुभयो । रासस
–––