२२ असार २०८३, सोमबार
,
Latest
ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो २०२०: इटालीद्वारा स्वीट्जरल्याण्ड पराजित



अ+ अ-

युरोकप फुटबल अन्तर्गत बुधवार मध्यराति भएको खेलमा इटालीले स्वीट्जरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।
 

प्रतियोगिताको शसक्त दाबेदार मानिएको इटालीका लागि म्यानुएल लोकाटेलीले २ गोल गरेका थिए । उनले खेलको २६ र ५२ मिनेटमा गोल गरेका थिए ।
 

अर्को गोल सिरो इम्मोबाइलले खेलको ८९ मिनेटमा गरेका थिए । 
 

यो जितसँगै इटालीले २ खेलबाट ६ अंक बनाएको छ । यस समूहमा इटालीसँगै वेल्स, स्वीट्जरल्याण्ड र टर्की छन् । वेल्सले बुधबारको खेलमा टर्की विरूद्धको खेल जितेर ४ अंक बनाएको छ ।