• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo

पाल्पा बस दुर्घटना: मृतक तथा घाइतेको पहिचान खुल्यो (विवरणसहित)



रुपन्देही । पाल्पामा आइतबार बिहान भएको बस दुर्घटनामा मृतक महिलाको सनाखत भएको छ ।

तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै भएको बस दुर्घटनामा रुपन्देहीको देवदह नगरपालिका–३की ३५ वर्षीय राधिका पौडलको मृत्यु भएको प्रहरीले बताएको छ ।

आज बिहान ९ बजे बुटवलदेखि बागलुङको बुर्तिबाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारामा सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

बसमा सवार ३८ जना घाइते भएका छन् । जसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैको पाल्पा प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।