२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित

विपद् व्यवस्थापनद्वारा पूर्वसावधानी अपनाउन आग्रह

विपद् व्यवस्थापनद्वारा पूर्वसावधानी अपनाउन आग्रह
अ अ+ अ-

रसुवा । भारी वर्षाका कारण पहिरो जानेक्रम शुरू भइसकेकाले कुनै स्थानको यात्रा गर्नुपर्दा पूर्वसावधानी अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको छ । निरन्तर वर्षा हुँदा राजमार्ग अवरूद्व हुनथालेको, साना ठाडो खोल्साहरूबाट पानी झर्न थालेपछि त्रिशूली नदीमा पानीको सतह बढ्न थालेको तथा ठाउँठाउँमा ससाना पहिरोसमेत जान थालेका कारण सुरक्षित स्थानमा बसोबास गर्न र खोला आसपासको क्षेत्रमा नजान जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीयवासीलाई आग्रह गरेको हो । 

पैदल मार्गका भिरालो ठाउँमा ढुङ्गासमेत झर्न थालेकाले अत्यावश्यक कामवाहेक पैदल यात्रा नगर्न र यात्रा गर्नुपरेमा साथीका साथमा होसियारपूर्वक यात्रा गर्नसमेत अनुरोध गरिएको छ । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद ढकालका अनुसार भारी वर्षाले राम्चे–स्याफ्रु खण्डको मूलखर्क, धुञ्चे त्रिशूली खोला, सानुभार्खु, याङयाङका साथै स्याफ्रु–टिमुरे खण्डको मेदाङफुलुङसमेतका स्थानमा पहिरोका कारण अवरूद्व राजमार्ग तत्काल खुलाइएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसमेतका सुरक्षा निकायको जनशक्ति एवं निर्माणाधीन रसुवागढी तथा लाङ्टाङ एण्ड भोटेकोशी हाइड्रोपावरको डोजर सहयोगले राजमार्गको अवरोध हटाइएको छ ।

स्याफ्रुबेँसीको भोटेकोशी पुलजनिक याङयाङ क्षेत्रको राजमार्ग विस्तार भइरहेकाले चीनबाट आयात भएका मालसामग्री बोक्ने मालवाहक कन्टेनरको आवागमन सहज पार्न स्थानीय प्रशासनले सडक विस्तार आयोजनालाई आग्रह गरिसकेको छ । यस्तै वर्षायामको समयमा पासाङल्हामु राजमार्ग निर्वाध सञ्चालन गराउन  कम्तीमा तीन वटा डोजर तैनाथका लागि स्थानीय प्रशासनको तर्फबाट डिभिजन सडक कार्यालय नुवाकोटलाई अनुरोध गरिसकिएको प्रजिअ ढकालले जानकारी दिनुभयो ।
       
विसं २०७२ को भूकम्पपश्चात हाकुको गोगनेबाट विस्थापित परिवारलाई अस्थायी बसोबास गराइएको   उत्तरगया गाउँपालिका–५ खाल्टेबगरको बस्ती भने जोखिममा रहेको छ । खाल्टेबगर क्षेत्रमा ३२७ घर परिवारको बसोबास छ । विस्थापितका अगुवा छेकु लामाले त्रिशूली नदीको किनारमा बसोबास गर्ने व्यक्ति नदी बढेको बेला रातभर जाग्राम बस्नुपरेको बताउनुभयो । वर्षायाममा नदीको डर तथा हिउँदमा हावाहुरीले बसोबासका लागि बनाइएको जस्ता टहरा उडाउने समस्या बढ्दै गएको बताइएको छ । पछिल्लो समय नदीको बहाव केही घटिसकेको छ ।