११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

नर्भिकले ३०औं वार्षिकोत्सव भव्यताका साथ मनायो

नर्भिकले ३०औं वार्षिकोत्सव भव्यताका साथ मनायो
अ अ+ अ-

काठमाडौं । देशमा स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो ३० औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।

हस्पिटलले एकहप्तासम्म विविध कार्यक्रम आयोजना गरी आफ्नो ३० औं वार्षिकोत्सव मनाएको हो । साताव्यापी कार्यक्रमको अन्तिम दिन काठमाण्डौको याक एण्ड यति होटलमा एक भव्य समारोहका बीच वार्षिकोत्सव विशेष समारोहको आयोजना गरियो ।

समारोहलाई सम्बोधन गर्दै नर्भिक अस्पतालका संस्थापक अध्यक्ष तथा संरक्षक बसन्तकुमार चौधरीले ३० वर्षअघि आफ्ना स्वर्गीय पिताजी लुनकरणदास चौधरीले देखेको सपना साकार भएको भन्दै खुशी प्रकट गरे ।

‘नर्भिकको तीसौं वर्ष प्रवेशको यो सुखद उपलक्ष्यमा आज यहाँहरुमाझ म देख्दैछु: मेरा पिताजीले देख्नुभएको सपना, जसमा जीवनको दृढता, रोगमुक्ति, रोगसँग लड्न सामथ्र्य नेपालको परिकल्पना र स्वस्थ जीवनका प्रणहरु साकार भएको छ । म देखिरहेको छु, मेरो पिताजीको स्वप्नबाटिका, जहाँ सुन्दर फूलहरु रोगमुक्त मुस्कान फिजाउँदै फूलिरहेका छन् । जहाँ रोगको प्रवेश बर्जित छ, रोगीहरु स्वस्थ हुने क्षणलाई नजिकबाट अनुभव गरिरहेका छन् ।’ चौधरीले भने–‘यस्तो स्वप्न बाटिकाको परिकल्पनाकार मेरा पुजनीय पिता स्व. लुनकरणदास चौधरी ज्यूको आज १०१ औं जन्मजयन्ती पनि हो । म यसै मञ्चबाट उहाँलाई हार्दिक स्मरण गर्दै शब्दसुमन अर्पण गर्न चाहन्छु ।’

उनले स्वास्थ्य विज्ञानमा जसरी नयाँ नयाँ सम्भावनाहरु प्रतिनिदिन थपिदैछन्, त्यसरी नै स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको चुनौति पनि बढिरहेको उल्लेख गर्दै भने–‘हामीले आफ्ना योजनाहरुलाई दृष्टिगत गर्दा विश्वभर भइरहेको उपचार पद्धतिको द्रूत विकाससँगै आफूलाई साथ साथै लैजानुपर्ने आजको आवश्यकता रहेको छ । त्यसैले हाम्रा जिम्मेवारीहरु विशाल छन्, गहन छन् । ती जिम्मेवारीहरुलाई आत्मासाथ गर्दै, हामी राष्ट्रलाई समन्नुत चिकित्सा प्रणाली प्रदान गर्ने प्रण गर्दर्छौ । मानवीय सेवालाई व्यापकता दिन कटिबद्ध छौं र रहनेछौं।’

सेवा बिस्तारका नयाँ नयाँ चुनौतिसँग जुध्न नयाँ जोस र जाँगरको पनि आवश्यकता पर्ने उल्लेख गर्दै आफूले जीवनको आधा समय खर्चिएर यहाँसम्म ल्याएको नर्भिक हाँक्ने जिम्मेवारी अब आफ्नी पुत्री मेघा चौधरीको काँधमा आएको र उनले पनि नयाँ जोस र जाँगरका साथ नर्भिकलाई थप उचाई प्रदान गर्ने आशा व्यक्त गरे ।

समारोहमा बोल्दै हस्पिटलका प्रबन्ध निर्देशक मेघा चौधरीले नर्भिकले दिने सेवा अझ निखार्दै र बिस्तार गर्दै अगाडि बढ्ने प्रण गरिन् । ‘हामीसँग थुप्रै महत्वकांक्षी भिजनहरु छन् । नयाँ २०० शैया को स्टेट अफ दि आर्ट फ्यासिलिटीसहितको अत्याधुनिक भवन निर्माण सुरु भइसकेको छ । अब हामीले निकट भविष्यमै आमा र बच्चासँग सम्बन्धित विशेषज्ञ सेवा समेत बिस्तार गर्नेछौं ।’ उनले थपिन् ।
उनले प्रविधिमा पनि लगानी बढाउँदै जाने र निकट भविष्यमै वल्र्डकै बेस्ट सेन्टरसँग टेलिमेडिसिन फ्यासिलिटीका लागि नर्भिक जोडिने उद्घोष समेत गरिन् । उनले ३० वर्षको उपलब्धिको रक्षा गर्दै नर्भिकलाई अझ माथि पुर्याउने प्रण समेत गरेकी थिइन् ।

समारोहलाई सम्बोधन गर्दै नर्भिक हस्पिटलका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले २०५० सालदेखि ३० शैयाको सानो नर्सिङहोमबाट सुरु भएको नर्भिक मल्टिस्पेशालिटिज अस्पतालको रुपमा स्थापित भएकोमा खुशी व्यक्त गरे । उनले असल र दूरदर्शी नेतृत्वका कारण स्थापित हस्पिटल पब्लिक लिमीटेड कम्पनीको रुपमा रुपान्तरण भइसकेको र निकट भविष्यमै सर्वसाधारणका लागि आइपीओ समेत जारी गर्ने बताए ।

प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले ३० वर्षअघि ३० बेडबाट सुरु भएको नर्भिक आज देशकै कहलिएको अस्पतालको रुपमा स्थापित भएको खुशी प्रकट गरे । ‘नर्भिक आजको दिन एउटा ब्राण्ड बनेको छ । देशभरि, विदेशमा नर्भिक आफ्नै नामले चिनिएको छ ।’ उनले थपे–‘तर, आजको दिनसम्म आइपुग्दासम्म यसको परिकल्पनाकार बसन्त बाबुले केही सपनहरु देख्नुभएको थियो । त्यो सपनातिर अगाडि बढ्नेक्रममा धेरै आरोहअवरोहहरु भोग्नुपर्यो ।’

‘ठाउँमा आइपुगेका छौं, झण्डै २५ लाखभन्दा बढी स्वदेशी विदेशी नागरिकलाई उपचार सेवा पुर्याइसकेको अवस्था छ । आज नर्भिकमा हरेक विज्ञ उपलब्ध छन् भने हरेक रोगको उपचार सम्भव छ । बसन्तबाबुले ल्याइपुर्याइनुभएको यस नर्भिकलाई आजको मुकामबाट अगाडि बढाउने दायीत्व प्रबन्ध सञ्चालक मेघाको काँधमा आइपुगेको छ ।’ उनले नर्भिकलाई योभन्दा धेरै अगाडि पुर्याउने दाबी गर्दै यो हस्पिटललाई स्वास्थ्य क्षेत्रकै पर्यायवाचीको रुपमा स्थापित गर्ने समेत उद्घोष गरे ।

कार्यक्रममा २० वर्षभन्दा बढी समयदेखि नर्भिकमा अनवरत सेवा गर्दै आएका कर्मचारीहरुलाई दीर्घसेवा सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो । औपचारिक समारोहअगाडि आयोजित सिएमई(कन्टीन्यूअस मेडिकल एजूकेसन)मा वरिष्ठ चिकित्सकद्वय डा. यादवदेव भट्ट र डा. पंकज जलानले क्रमश: विशेष कार्यपत्र प्रस्तुत गरेका थिए ।

नर्भिक अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले सांगीतिक र सांस्कृतिक प्रस्तुती समेत दिई वार्षिकोत्सव समारोहको रौनक बढाएका थिए । अस्पतालले यसअघि प्रभातफेरि, रक्तदान लगायतका कार्यक्रम आयोजना गरेको थियो । वार्षिकोत्सवकै अवसरमा विभिन्न सेवाहरुमा ३० प्रतिशत छुटको अफर समेत ल्याइएको थियो ।