• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

तनहुँ १ का उम्मेदवार भट्टराईलाई स्पष्टीकरण



फाईल फोटो

तनहुँ । मौनअवधि सुरु भइसकेपछि अर्थात वैशाख ७ गते राति १२ पछि मोबाइलबाट भ्वाइस म्यासेज पठाएर मत मागेको भन्दै उजुरी परेपछि तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईलाई स्पष्टीकरण सोधिएको छ ।

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले भट्टराईलाई २४ घन्टाभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आफैँ वा प्रतिनिधिमार्फत उपस्थित भएर स्पष्टीकरण दिन समितिले भनेको छ । भट्टराई नेपाली कांग्रेसका उम्मेदवार हुनुहुन्छ ।