२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विरामीहरुको उपचारका लागि आर्थिक सहयोग आउने क्रम जारी छ : नेपाली कांग्रेस



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले कोभिड–१९ संक्रमण रोकथाम र राहतका लागि सक्रिय हुन आह्वान गरे बमोजिम देशभरि कांग्रेसका संरचनाहरु, कोभिड–१९ अनुगमन जिल्ला समितिहरु, भ्रातृ एवं शुभेच्छुक संस्थाहरु क्रियाशील रहेको जनाएको छ । 

कांग्रेसले महामारीको रोकथामका लागि सचेतना अभियान, मास्क र सेनीटाइजर वितरण, उपचारको पहुँचमा पुग्न समस्यामा परेका नागरिकहरुलाई सहयोग, संक्रमित भई आइसोलेसनमा बसेकाहरुलाई परामर्श तथा उपचारका लागि आवश्यक अक्सिजन सिलिण्डर, अक्सिजन कन्सनट्रेटर लगायतका स्वास्थ्य सामाग्री समेत वितरण गर्दै आएको हो । 

कोभिड–१९ संक्रमण रोकथाम, उपचार र राहत कार्यमा नेपाली कांग्रेसका विदेश नेपाली जनसम्पर्क समितिहरुले विभिन्न समयमा नेपालका विभिन्न जिल्लाहरुमा सहयोग गर्दै आएको जनाएको छ । 

यसैबीच नेपाली कांग्रेसका सभापतिको अनुरोधमा नेपाली कांग्रेस केन्द्रलाई कोभिड–१९ संक्रमणको उपचारका लागि स्वास्थ्य सामाग्री खरीद गरी विरामीहरुको उपचारका लागि उपयोग गर्न आर्थिक सहयोग आउने क्रम जारी रहेको विज्ञाप्तिमा उल्लेख गरेको छ । 

यो सहयोगका लागि सम्पूर्ण नेपाली जनसम्पर्क समितिहरुलाई नेपाली कांग्रेस तथा कोभिड–१९ केन्द्रीय अनुगमन समिति धन्यवाद ज्ञापन गर्दै थप आउँदै गरेको आर्थिक सहयोगबाट पनि आउने दिनहरुमा आवश्यक ठाउँहरुमा सहयोग गर्दै जाने पनि सम्बन्धित सबैलाई जानकारी गराएको हो ।