२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ–१ उपनिर्वाचन: दुई उम्मेदवारले मात्रै मतदान गर्दै



अ+ अ-

डुम्रे । तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत मतदान जारी छ । निर्वाचनमा दुई उम्मेदवारले मात्रै मतदान गर्नेभएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङले आफ्ना लागि मतदान गर्नुहुनेछ । अन्य उम्मेदवारको मतदाता नामावली तनहुँमा नरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेकपा (एमाले)का सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका डा स्वर्णिम वाग्ले, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार, नेशनल मङ्गोल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादी पार्टीका गणेश श्रेष्ठ र राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले आफ्नै लागि मतदान गर्न पाउनुहुने छैन ।

मतगणनाका लागि पनि गणनास्थलमा सिसीक्यामेरा जडान, तारबार गरिएको सहायक मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिनुभयो । “सबैलाई सहज हुने गरी मतगणनास्थलसमेत व्यवस्थित बनाएका छौँ”, उहाँले भन्नुभयो, “मतदान अधिकृतलाई मतपत्र र मतपेटिकालाई सुरक्षित बनाउन पनि आग्रह गरेका छौँ ।”

त्यस्तै विगतको निर्वाचनमा भन्दा म्यादी प्रहरी नहुने भएकाले सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनका लागि एक हजार तीन सय ६८ कर्मचारी खटाइएको प्रमुख ढकालले बताउनुभयो । उहाँका अनुसार तीमध्ये सात सय ६० निर्वाचन कार्यालयबाट नियुक्ति लिएका छन् भने छ सय आठ जना स्वयंसेवक मतदान अधिकृतले नियुक्ति गरेका हुन् ।

निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन सुरक्षा व्यवस्था चुस्त पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टले बताउनुभयो । नेपाल प्रहरी एक हजार छ सय परिचालन गरिएको छ उहाँले भन्नुभयो ।

त्यस्तै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सशस्त्र प्रहरी चार सय ५० र नेपाली सेना पाँच सय गरी करिब दुई हजार पाँच सय सुरक्षाकर्मी खटाइएको छ । उपनिर्वाचनमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र नेपाली सेना रहनेछन् । तनहुँ–१ मा ६९ मतदानस्थलमा एक सय ५२ मतदान केन्द्र रहेका छन् । तीनवटा अतिसंवेदनशील र २४ वटा संवेदनशील मतदानस्थल रहेका छन् ।

निर्वाचनका लागि १५ केन्द्रमा महिलालाई मतदान अधिकृत तोकिएको छ । तनहुँमा कांग्रेसका तर्फबाट भट्टराई, एमालेका खनाल, रास्वपाका वाग्लेसहित नौ दलका प्रतिनिधि प्रतिस्पर्धामा छन् । तनहुँ–१ मा एक लाख २३ हजार तीन सय पाँच मतदाताले मतदान गर्दैछन् । भानु नगरपालिका सबैभन्दा बढी मतदाता रहेका छन् । रासस