• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

लिभरपुलको संघर्षपूर्ण जित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले नटिङहम फरेस्टलाई ३–२ गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन डिओगो जोटाले दुई तथा मोहमद सलाहले एक गोल गरे । नटिङहमका नेको विलियम्स र मोर्गान गिब्स ह्वाइटले एक–एक गोल फर्काए ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा सबै गोल दोस्रो हाफमा भएको थियो । जोटाले ४७ औं र ५५ औं मिनेटमा गोल गर्दा सलाहले ७० औं मिनेटमा गोल गरेका हुन् ।

यो नतिजासँगै ३१ खेलबाट ५० अंकका साथ लिभरपुल तालिकाको सातौं स्थानमा रहेको छ । नटिङहम ३२ खेलबाट २७ अंकका साथ १९ औं स्थानमा रहेको छ ।