• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   किन घट्न सकेन उच्च मातृ मृत्युदर ? ★   कोशी प्रदेश सरकारको बजेट सिलिङ रु ३५ अर्ब १७ करोड ३४ लाख ★   भिम आचार्यले संसदमा दिएको अभिव्यक्तिमा क्यानले जनायो आपत्ति ★   पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ , मनोनयन प्रणाली अन्त्य गर्छौँ: प्रधानमन्त्री ★   काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने ★   काठमाडौँ उपत्यकामा भोलिदेखि मनसुन सक्रिय हुने ★   ८ बुँदे प्रस्ताव पास गर्दै सकियो राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक ★   उत्तराखण्डको वन्यजन्तु आरक्षणमा आगलागी हुँदा चार वन अधिकारीको मृत्यु ★   व्यास नगरपालिकाका मेयरको मतगणना तत्काल नगर्न आदेश ★   सय दिनमा गृहमन्त्री लामिछानेले के–के काम गरे ? (पूर्णपाठ)

पृथ्वी राजमार्गको तनहुँ १ खण्डमा भोलि गाडी नचल्ने



तनहुँ । तनहुँ १ मा भोलि हुने उपनिर्वाचनका कारण निर्वाचन क्षेत्रमा सवारी साधन आवागमन रोकिने भएको छ । यातायात रोकिने हुँदा पृथ्वी राजमार्गमा समेत गाडी नचल्ने भएका छन् ।

तनहुँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म राजमार्गमा समेत गाडी चल्न नदिइने जानकारी दिए ।

पृथ्वीराजमार्ग हुँदै तनहुँ कटेर अन्त जाने यात्रुहरुले आइतबार बिहान ५ बजेअघि वा साँझ ५ बजेपछि मात्रै यात्रा गरिसक्नुपर्ने उनले बताए ।

२०७९ मंसिरको निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै रिक्त रहेको यस क्षेत्रमा भोलि उपचुनाव हुन लागेको हो ।

उपनिर्वाचनमा कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्लेसहित अन्य पार्टीहरुबाट समेत गरी ९ जना चुनावी मैदानमा छन् ।