काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिलाई प्रधानमन्त्रीको विश्वासको मत परीक्षण गर्ने अधिकार नभएको भन्दै सर्बोच्च अदालतमा लिखित जबाफ पठाउनु भएको छ । बिहिबार सर्बोच्च अदालतलाई लिखित जबाफ पठाउदै सभामुख सापकोटाले विश्वासको मत प्राप्त गर्न सक्ने आधार परीक्षण गर्ने स्थल प्रतिनिधिसभा मात्र भएको जनाउनु भएको छ ।
उहाँले जबाफमा उल्लेख गर्नुृभएको छ –‘राष्ट्रपतिलाई विश्वासको मत प्राप्त गर्न सक्ने आधारको परीक्षण गर्ने अधिकार धारा ७६ (५) तथा धारा ६६ ले दिएको अवस्था समेत छैन । तसर्थ पनि राष्ट्रपतिज्यूको निर्णयसमेतका कार्य गैरसंवैधानिक रहेको छ ।’
जबाफमा सभामुख सापकोटाले ‘‘सार्वजनिक रुपमै प्रतिनिधिसभाको विश्वास आफूमाथि नरहेको स्वीकार गर्नु भएका प्रधानमन्त्रीज्यूले पुनः संविधानको धारा ७६ (५) बमोजिम आफूमाथि बहुमत सदस्यको समर्थन रहेको दाबी राष्ट्रपतिसमक्ष पेश गर्न संवैधानिक र नैतिक रुपले मिल्ने होइन,’ भन्ने उल्लेख गर्नुभएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बुझाउनु भएका जबाफको पूर्णपाठ