• ८ आश्विन २०८०, सोमबार
  •      Mon Sep 25 2023
  •   Unicode
Logo
Latest
★   नेप्से परिसूचक ५.८९ अंकले गिरावट ★   एमालेको ध्यान बलियो राष्ट्रिय शक्ति निर्माणमा: महासचिव पोखरेल ★   डिजिटल नेपाल बनाउने सपना छ: प्रधानमन्त्री दाहाल ★   माल्दिभ्सलाई हराउदै नेपाल सेमिफाइनलमा ★   पुल मर्मत गर्न नेपाल–भारतको झुलाघाट नाका बन्द ★   बाजुरामा भाइरल ज्वरोको कारणले दुई जनाको मृत्यु ★   गैँडा मार्ने मुद्दाका फरार प्रतिवादी २५ वर्षपछि पक्राउ ★   सडक व्यापार व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकालाई दबाब दिन मिल्दैन: सुनिता डंगोल ★   भोलिबाट इन्द्रजात्रा शुरु हुने, २० जना विदेशी पाहुना आउने ★   कोशी प्रदेश: मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै

‘प्रेमगञ्ज’को क्यारेक्टर पोस्टर सार्वजनिक, मैना बनिन् बेनिशा हमाल



काठमाडौँ । भ्यालेन्टाइनको दिन पारेर फिल्म ‘प्रेमगञ्ज’ले क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । निर्माण टिमले बेनिशा हमाललाई मैनाको रुपमा प्रस्तुत गर्दै फिल्मको पहिलो अनुहार सार्वजनिक गरेको हो । चरित्रमा बेनिशा सुन्दर देखिएकी छिन् ।

परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्म आउँदो जेठमा सार्वजनिक गर्ने निर्माण टिमको लक्ष्य छ । यही लक्ष्यअनुसार हाल पोस्ट प्रडक्सनको काम भइरहेको निर्देशक परिच्छेद सेनले जानकारी गराए ।

‘हामी धमाधम सम्पादनको काम गरिरहेका छौँ । अवस्था अनुकुल भयो भने हामी जेठमा प्रदर्शन गर्ने गरी मिति हेरिरहेका छौँ,’ परिच्छेदले भने । यो फिल्मबाट तेज गिरीले डेब्यु गर्दैछन् । तेज पेसाले बैंकर हुन् । तेज र बेनिशाबाहेक फिल्ममा सम्पदा बानियाँ पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय रहेको छ।

सुप्रिया, प्रशान्त, सिमरन अडिसनबाट छानिएका हुन् । फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ ।

चलचित्र चौतारीको प्रस्तुति रहेको फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो ।