३ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’ साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपीएल: बेंगलोरले दिएको १७५ रनको लक्ष्य पछ्याएको पन्जाबले तीन ओभरमा तीन विकेट गुमायो



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल)मा रोयल च्यालेन्जर्स बेंगलोरले पन्जाब किंग्सलाई जितको लागि १७५ रनको लक्ष्य दिएको छ । पन्जाबको घरेलु मैदान मोहालीमा टस हारेर पहिला ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

आजको खेलमा बेंगलोरका नियमित कप्तान फाफ डुब्लेसिसको ठाउँमा विराट कोहलीले कप्तानी गरिरहेका छन् । बेंगलोरको लागि डुब्लेसिस र कोहलीले अर्धशतक प्रहार गरेका थिए । डुब्लेसिसले पाँच छक्का र पाँच चौकाको सहयोगमा सर्वाधिक ८४ रन बनाए भने कोहलील ५९ रन बनाएर आउट भए । डुब्लेसिस र कोहलीले १३० रनको शतकीय साझेदारी गरेका थिए । १६ औ ओभरको पहिलो बलमा हरपीतले कोहलीलाई आउट गराएपछि साझेदाारी तोडिएको थियो ।

यस्तै, दिनेश कार्तिक सात रनमा आउट हुदा म्याक्सेल पहिलो बलमै आउट हुन पुगे ।

पन्जाबको तर्फबाट हरपीतले दुई विकेट लिए भने न्याथम ईलिस र अशर्दीप सिंहले एक एक विकेट लिए ।

अहिले पन्जाब जवाफी ब्याटिङ गरिरहेको छ । ३.२ ओभर सकिँदा पन्जाबले तीन विकेट गुमाएर २७ रन बनाएको छ ।