३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपीएल: बेंगलोरले दिएको १७५ रनको लक्ष्य पछ्याएको पन्जाबले तीन ओभरमा तीन विकेट गुमायो



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल)मा रोयल च्यालेन्जर्स बेंगलोरले पन्जाब किंग्सलाई जितको लागि १७५ रनको लक्ष्य दिएको छ । पन्जाबको घरेलु मैदान मोहालीमा टस हारेर पहिला ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

आजको खेलमा बेंगलोरका नियमित कप्तान फाफ डुब्लेसिसको ठाउँमा विराट कोहलीले कप्तानी गरिरहेका छन् । बेंगलोरको लागि डुब्लेसिस र कोहलीले अर्धशतक प्रहार गरेका थिए । डुब्लेसिसले पाँच छक्का र पाँच चौकाको सहयोगमा सर्वाधिक ८४ रन बनाए भने कोहलील ५९ रन बनाएर आउट भए । डुब्लेसिस र कोहलीले १३० रनको शतकीय साझेदारी गरेका थिए । १६ औ ओभरको पहिलो बलमा हरपीतले कोहलीलाई आउट गराएपछि साझेदाारी तोडिएको थियो ।

यस्तै, दिनेश कार्तिक सात रनमा आउट हुदा म्याक्सेल पहिलो बलमै आउट हुन पुगे ।

पन्जाबको तर्फबाट हरपीतले दुई विकेट लिए भने न्याथम ईलिस र अशर्दीप सिंहले एक एक विकेट लिए ।

अहिले पन्जाब जवाफी ब्याटिङ गरिरहेको छ । ३.२ ओभर सकिँदा पन्जाबले तीन विकेट गुमाएर २७ रन बनाएको छ ।