• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo

‘प्रसाद २’को प्रचारका लागि कमेडि विथ च्याम्पियनमा पुगेका विपिनले भने- मलाई दरै व्यंग्य हाने



फाईल फोटो

काठमाडौँ । अभिनेता अपर्ण थापाले दर्शकले चलचित्रका पात्रहरुलाई जतिसक्दो प्रतिक्रिया दिनुपर्ने बताउनुभएको छ ।

बिहीवार कमेडि विथ च्याम्पियनमा सहभागी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले दर्शकले जतिसक्दो चलचित्रका पात्रहरुलाई गाली गरेको मन पर्ने बताउनुभएको हो ।

उहाँले प्रसाद २ मा आफूले अन्य सिनेमामा भन्दा धेरै समय पात्रमा भिज्ने मौका पाएको बताउनु भयो । उहाँले कमेडि विथ च्याम्पियनमा कलाकारहरुले धरै व्यंग्य हानेको बताउनु भयो । बिहीवार प्रसाद २ को टिम फिल्म प्रचारका लागि कमेडि विथ च्याम्पियनमा पुगेको थियो ।

अभिनेता विपिन कार्कीले प्रसादको कथावस्तु सानो विषयमा रहेको र अहिलेको प्रसाद २ मा झनै बढी दर्शकहरुलाई रमाइलो लाग्ने बताउनु भयो । उहाँले चलचित्र प्रसाद २ ले प्रसादको भन्दा धेरै मनोरञ्जन दिने पनि बताउनु भयो । प्रसाद २ यही वैशाख १५ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । उहाँले कमेडि विथ च्याम्पियनमा धेरै व्यंग्य खानुपरेको बताउनु भयो ।

अभिनेत्री केकी अधिकारीले आफू घरकै मान्छे भएकाले व्यंग्य गर्न कसैले नछोडेको बताउनु भयो । उहाँले आफ्नो बारेमा व्यंग्य हान्नका लागि धेरै कुराहरु रहेकाले कलाकारहरुलाई सहज भएको प्रतिक्रिया दिनुभयो ।

अभिनेत्री दीपाश्री निरौलाले प्रसाद २ का कलाकारहरुको व्यंग्य गर्न आफूहरुले धेरै मेहनत गर्नुपरेको बताउनु भयो । उहाँले प्रसाद हेर्न आफू आतुर रहेको बताउनु भयो ।

निर्देशक विशाल भण्डारीले कमेडि विथ च्याम्पियनमा विपिन, केकी, अर्पण आउने भनेपछि कलाकारहरु उत्साहीत भएको बताउनु भयो । उहाँले प्रसाद २ का कलाकारहरुको व्यंग्य गर्ने विषय खासै नभएकाले प्रशंसामा नै समय सकेको बताउनु भयो ।

चलचित्र प्रसाद २ वैशाख १५ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।