• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश

शुक्लाफाँटा निकुञ्जमा डढेलो



कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा डढेलो लागेको छ । एक सातादेखि निकुञ्जको आधा दर्जन क्षेत्रमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

निकुञ्जको मालुमेला, मङ्गलसेरा, साइलेन्ट सफारीको बाटोमा डढेलो लागेको सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बताउनुभयो । “बस्ती नजिकबाटै डढेलो सुरु भएको थियो, अझै नियन्त्रणमा आएको छैन, गर्मी बढेसँगै वनमा तीव्र गतिमा डढेलो फैलिरहेको छ”, उहाँले भन्नुभयो, “डढेलो नियन्त्रणको प्रयास गरिरहेका छौँ ।” रासस

डढेलो नियन्त्रणका लागि निकुञ्जले नियमितरुपमा अनुगमन तथा फायर लाइन बनाउने र सफा गर्ने काम गरिरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार डढेलोका कारण सात/आठ हेक्टर वन क्षेत्र प्रभावित भएको छ ।

निकुञ्जले पहिलो चरणमा काठे पुल, मचानलगायतका भौतिक संरचनालाई डढेलोबाट जोगाउने प्रयास गरिरहेको छ । डढेलोका कारण निकुञ्ज आसपास तथा महेन्द्रनगर बजार क्षेत्रमा समेत तुवाँलो लागेको छ । बस्तीसँगै जोडिएका क्षेत्रमा डढेलो लागेपछि निकुञ्ज किनारमा तुवाँलोको असर देखिन थालेको हो ।