३० आश्विन २०८१, बुधबार
,
Latest
डडेल्धुरा बस दुर्घटना: मृतकको सङ्ख्या पाँच पुग्यो, घाइते १२ जनालाई धनगढी ‘रिफर’ इजरायली सेनाद्वारा बुधबार पनि बेरुतमा आक्रमण बाढी, पहिरोपछिको पुनःनिर्माण र पुनःव्यवस्थापनका काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री कात्तिक महिनाका लागि पनि वाणिज्य बैंकहरूले घटाए ब्याजदर नोबेल पुरस्कार विजेता हानद्वारा लिखित १० लाख प्रति पुस्तक विक्री दशैँ मनाउन गाउँ गएका फर्किन थालेसँगै बढ्यो काठमाडौंमा चहलपहल निश्चल बस्नेतले ‘बेहुली फ्रम मेघौली’ हलबाट उतारे ‘सहयोग माग्न आउनेलाई रित्तो हात फर्काउँदिन’ जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता सवारी दुर्घटना गराई भागेपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बूढीगण्डकी नदीले दुई घर बगायो



अ+ अ-

गोरखा । धार्चे गाउँपालिका–१ स्थित यारु बगरमा बूढीगण्डकी नदीले केही दिनदेखि परेको लगातारको वर्षाका कारण आएको बाढीले दुई घर बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले यात्रु बगरका स्थानीयवासी राजकुमार ढकाल र गोपाल घलेको घर बिहीबार साँझ बगाएको हो । 

त्यस्तै ढकालको घर नजीकै रहेको बाख्रासहितको खोरसमेत बगाएको उहाँले जानकारी दिनुभयो । घर बगाएको जानकारी पाएलगत्तै प्रहरी टोली त्यहाँ पुगेर पीडित परिवारलाई नजीकै छिमेकीको घरमा राखिएको प्रहरी नायब उपरीक्षक दाहालले बताउनुभयो । 

“पीडित दुई परिवारलाई छिमेकीको घरमा आश्रय लिइरहनुभएको छ”, उहाँले भन्नुभयो, “थप जोखिममा परेका परिवारलाई समेत अयन्त्र सारिएको छ ।” नदीमा आएको बाढीले यारु बगरका थप सात घरसमेत उच्च जोखिमा रहेको जानकारी आएको प्रहरीले जनाएको छ । 
रासस