२२ असार २०८३, सोमबार
,
Latest
फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक बैतडीमा घर भत्किँदा तीन जना घाइते रास्वपाले बनायो २८ केन्द्रीय विभाग, मनोनयन हुन बाँकी विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन नेपाल विशेष सेवा ऐन, २९४२ को साविकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा फेला परेको जीवावशेष ‘चारवटा हात्तीजत्रो ठूलो र जिराफभन्दा अग्लो गैँडाको’



अ+ अ-

एजेन्सी । पश्चिमोत्तर चीनमा फेला परेको एउटा भीमकाय जीवका अवशेषहरू प्राचीन कालमा विचरण गर्ने एउटा छुट्टै प्रजातिको गैँडाका भएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

'प्यारासेराथेरिअम लिन्शियाएन्स' नाम दिइएको उक्त जीव २.६५ करोड वर्षअघि अस्तित्वमा थियो। झन्डै २१ टन तौल भएको उक्त गैँडा चारवटा अफ्रिकी हात्तीजत्रो ठूलो र जिराफभन्दा अग्लो भएको वैज्ञानिकहरूको भनाइ छ।

सिङ नभएको उक्त गैँडाले चर्नका लागि सात मिटर अग्ला रूखका टुप्पासम्म टाउको पुर्‍याउन सक्थ्यो।

यो निष्कर्ष गान्सु प्रान्तमा भेटिएका जीवाश्मको अध्ययन गरेर निकालिएको हो।

के भन्छन् वैज्ञानिक ?
यसबारे 'कम्यूनिकेशन्स बायोलजी' जर्नलमा प्रकाशित शोधमा वैज्ञानिकहरूले सन् २०१५ मा फेला परेका जीवाश्मको विश्लेषण गर्दा अन्य भीमकाय गैँडाभन्दा यो नितान्त भिन्न प्रजातिको भएको सङ्केत पाइएको जनाएका छन्।

उक्त गैँडाको खप्पर र च्यापुको हड्डी पूर्णतः सुरक्षित अवस्थामा थिए। अध्ययनबाट उक्त जीवको खप्पर लाम्चो भएको र सुँडको आकारमा विकसित नाक अहिले पनि अस्तित्वमा रहेको 'टपिर' जीवसँग मिल्दोजुल्दो भएको वैज्ञानिकहरूको निष्कर्ष छ।

बेइजिङस्थित 'इन्स्टिट्यूट अफ भर्टिब्रेट प्यालिअन्टलजी एन्ड प्यालिओएन्थ्रपलजी'का डा. दङ ताओले उक्त अध्ययनको नेतृत्व गरेका थिए।

गैँडाको विचरणबाट प्राचीन भूगोलबारे कस्तो सङ्केत ?
डा. दङको टोलीका वैज्ञानिकहरूले यो प्रजातिको गैँडा कुनै बेला अहिलेको पाकिस्तानमा बस्ने विशाल गैँडासँग सम्बन्धित भएको पत्ता लगाएका छन्। यसको अर्थ भीमकाय गैँडाहरूले मध्यएशियाको बाटो हुँदै यात्रा गरेको हुनुपर्छ।

पश्चिमोत्तर चीन र भारत तथा पाकिस्तान अवस्थित उपमहाद्वीपबीच त्यो जीवले सजिलै विचरण गरेको थियो भने प्राचीन कालमा अहिलेको तिब्बतको पठारमा केही होचा स्थान पनि हुनुपर्ने देखिन्छ।

'उष्ण स्थितिले गर्दा उक्त भीमकाय गैँडाले उत्तरमा मध्यएशियातिर फर्किन पाएको थियो। त्यसको अर्थ तिब्बत क्षेत्र त्यतिबेलासम्म अग्लो पठारको रूपमा उन्नत भइसकेको थिएन,' डा. दङले एउटा विज्ञप्तिमा भनेका छन्। बीबीसी