२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आरआरआर’ले दियो आलियालाई अहिलेसम्मकै बढी पारिश्रमिक



अ+ अ-

एजेन्सी । 'बाहुबली' फेम निर्देशक एसएस राजामौलीको 'आरआरआर' वर्षकै बहुप्रतिक्षित फिल्म हो । फिल्ममा राम चरण, जुनियर एनटीआर, अजय देवगन र आलिया भट्ट प्रमुख भूमिकामा छन् । 

यो फिल्मका लागि आलियाले अहिलेसम्मकै बढी पारिश्रमिक लिएकी छिन् । उनले लिएको यो रकम समाचार दक्षिण भारतका कुनै पनि हिरोइनले लिने पारिश्रमिकभन्दा दोब्बर बढी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  

मिडिया रिपोर्टका अनुसार यो फिल्मका लागि आलियाले ६ करोड रुपैंया लिएकी थिइन् जुन उनले लिएमध्ये सबैभन्दा धेरै पारिश्रमिक रहेको छ ।