• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

एउटै विद्यालयमा पढेको विद्यार्थी कमजोर हुनुमा विद्यार्थीको मात्रै दोष हुन्छ कि स्कुलको पनि?– उपेन्द्र सुब्बा



काठमाडौँ । निर्देशक तथा कवि उपेन्द्र सुब्बाले देशको शैक्षिक अवस्थाप्रति चिन्तन व्यक्त गरेका छन् । विद्यालयले कमजोर विद्यार्थीहरु प्रति गरिने दुर्व्यवहार र अपमानप्रति उनले गुनासो पोखेका छन् ।

निर्देशक सुब्बाले जाउलाखेलस्थित डिएभी स्कुलले आफ्नी माइली छोरीलाई अपमान गरेको बताएका छन् । कक्षा २ बाट सोही स्कूलमा पढ्दै आएकी छोरीलाई नौ कक्षामा फेल भएपछि प्रिन्सिपलले सो विद्यालयमा नपढाउने अन्त लानु भनेका सुब्बाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘भाइस प्रिन्सिपल सहित अरु दुईजनाले गिज्याएर हाँस्दै, होच्याएर, हेपेर यो बच्चालाई हामी पढाउन सक्दैनौं । अन्त स्कुल लानु यहाँ यिनलाई सिकाउने कुनै ओैषधि छैन । यिनले पढ्नै सक्दैन भनेछन्।’

सुब्बाले ८-९ वर्षदेखि एउटै विद्यालयम पढेको विद्यार्थी कमजोर हुनुमा स्कुलको पनि दोष हुन्छ कि विद्यार्थीको मात्रै भनेर प्रश्न गरेका छन् । उनले कमजोर विद्यार्थीलाई हामी पढाउन सक्दैनौं अन्तै लैजाउ भन्नु स्कुलको गैर जिम्मेवारी भएको बताए ।

उनले भनेका छन्, ‘कक्षा २ बाट सोही स्कूलमा पढ्दै आएको मेरो छोरीलाई अपमान गर्दै पढ्न जान्दैन । यहाँ हामी पढाउन सक्दैनौं अन्तै लैजाउ भन्नु स्कुलको गैर जिम्मेवारी हो भनेर सम्झें । विद्यार्थी कमजोर हुनुमा ८-९ वर्षदेखि पढाउने स्कुलको पनि दोष हुन् कि विद्यार्थीको मात्रै ? एउटा विद्यार्थी फेल हुँदा ऊभन्दा बढी शिक्षक र स्कुल फेल हुन्छ भनेर पढेको थिएँ।’

सुब्बाले आफ्नी छोरीलाई जस्तो व्यवहार अरु विद्यार्थीलाई नगर्नु भन्दै स्कुलबाट ट्रान्सक्रिप्ट ल्याएको उल्लेख गरेका छन् ।