२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीयता बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : पूर्वमुख्यमन्त्री गुरुङ



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले संघीयता बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताएका छन् । 

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेको विश्वासको मत लिने प्रस्तावमाथि प्रदेशसभामा भएको छलफलमा बोल्दै गुरुङले संघीयतालाई बलियो बनाउन डटेर लागेमा प्रदेश सरकारलाई सहयोग गर्ने समेत बताएका छन् ।

‘भोलि केन्द्रमा तपाईंहरुको सरकार बन्न सक्छ, त्यो बेला पनि संघीयतालाई बलियो बनाउन आवाज उठाउन सक्नुपर्छ, संघीयतालाई बलियो बनाउन यो सरकार डटेर लाग्छ भने एमाले हरहमेसा सहयोग गर्न तयार छ ।’ उनले भने । 

राजनीतिक इतिहास भएको परिवारबाट आएका पोखरेललाई विश्वासको मत दिन्नँ भन्न गाह्रो भएको उनको भनाई थियो । 

यद्यपि पोखरेलले आफू नेतृत्वको सरकारलाई मत माग्दै गर्दा मुख्यमन्त्रीप्रति सद्भाव रहेको तर जुन अवसरवादी दलहरुको गठबन्धनको रुपमा सरकार बनेको भन्दै यसलाई समर्थन गर्न नसकिने उल्लेख गरेका हुन् ।