२२ असार २०८३, सोमबार
,
Latest
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक बैतडीमा घर भत्किँदा तीन जना घाइते रास्वपाले बनायो २८ केन्द्रीय विभाग, मनोनयन हुन बाँकी विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन नेपाल विशेष सेवा ऐन, २९४२ को साविकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ प्रतिनिधि सभामा पेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

९ दिनको अस्पताल बसाईपछि डिस्चार्ज भए सत्यमोहन जोशी



अ+ अ-

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी उपचारपछि घर फर्केका छन्।

ललितपुरको किष्ट अस्पतालमा उपचाररत जोशी ९ दिनपछि शुक्रबार  घर फर्केका हुन्।

श्वासप्रश्वास, छातीको संक्रमण र मुटुको चालमा गडबडी देखिएपछि उपचारका लागि जोशीलाई अस्पताल भर्ना गरिएको थियो।

गत जेठ २६ मा उनी अस्पताल भर्ना भएका थिए। जोशीलाई निमोनिया पनि देखिएको थियो।

अस्पतालका अनुसार जोशीको स्वास्थ्यमा सुधार आएको छ।

यस्तै जोशीलाई एक सातापछि छाती रोग विशेषज्ञ प्रा.डा. मिलेशजंग सिजापतिले फलोअप परीक्षण गर्ने बताइएको छ । 

किष्ट अस्पतालले जोशीको निःशुल्क उपचार गर्दै आएको छ।