२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

९ दिनको अस्पताल बसाईपछि डिस्चार्ज भए सत्यमोहन जोशी



अ+ अ-

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी उपचारपछि घर फर्केका छन्।

ललितपुरको किष्ट अस्पतालमा उपचाररत जोशी ९ दिनपछि शुक्रबार  घर फर्केका हुन्।

श्वासप्रश्वास, छातीको संक्रमण र मुटुको चालमा गडबडी देखिएपछि उपचारका लागि जोशीलाई अस्पताल भर्ना गरिएको थियो।

गत जेठ २६ मा उनी अस्पताल भर्ना भएका थिए। जोशीलाई निमोनिया पनि देखिएको थियो।

अस्पतालका अनुसार जोशीको स्वास्थ्यमा सुधार आएको छ।

यस्तै जोशीलाई एक सातापछि छाती रोग विशेषज्ञ प्रा.डा. मिलेशजंग सिजापतिले फलोअप परीक्षण गर्ने बताइएको छ । 

किष्ट अस्पतालले जोशीको निःशुल्क उपचार गर्दै आएको छ।