२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । आज प्रदेश सभामा उनले विश्वासको मत मागेका थिए ।  उनको पक्षमा ३१ , विपक्षमा २७ र तटस्थमा २ मत परेको थियो ।  उनी जेठ २९ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । 

पोखरेलको पक्षका नेपाली काग्रेस , माओवादी केन्द्र , जनता समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरु रहेका थिए भने बिपक्षमा नेकपा एमालेका सांसदहरु रहेका थिए ।

नेपालको संविधान धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।  सोही अनुसार उनले आज विश्वासको मत मागेका हुन् ।