• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

भक्तपुरमा सहकारीका निर्देशकलाई कालोमोसो दल्ने पाँच वचतकर्ता पक्राउ



काठमाडौं । भक्तपुरको ठिमीस्थित एक सहकारीका प्रबन्ध निर्देशकमाथि कालोमसो दलेर दुर्व्यवहार गर्ने पाँच जना पक्राउ परेका छन् ।

मंगलबार ठिमी नगरपालिका–३ गठ्ठाघरस्थित कृषि विकास तथा ऋण सहकारी संस्थाका प्रबन्ध निर्देशक समिर खत्रीलाई कालोमोसो दली जुत्ताको माला लगाएर कुटपिट गर्ने पाँच वचतकर्ता प्रकाउ परेका हुन् ।

कुटपिट तथा दुर्व्यवहारमा संलग्न आरोपमा ठिमी नगरपालिका– ७का मुरारी नेपाल, झापा घर भई हाल गठ्ठाघर बस्ने कृष्ण संग्रौला, भक्तपुर मध्यपुर ठिमी नगरपालिका– ९ का गोरखबहादुर गिरी, ओखलढुङगा लिखु– ४ घर भई हाल कौशलटार बस्ने पवित्रा तामाङ र ओखलढुंङगा हर्कपुर घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने प्रेमकुमारी तामाङलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।