एजेन्सी । युरो २०२० फुटबलको समूह चरण अन्तर्गत आज (शुक्रबार) तीन खेलहरु हुँदैछन् ।
आज हुने पहिलो खेलमा स्विडेन र स्लोभाकियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ई मा रहेको दुई टिमबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।
यसअघिको खेलमा स्लोभाकियाले पोल्याण्डलाई २-१ गोल अन्तरले हराएको थियो । स्लोभाकिया समूहको शीर्ष स्थानमा रहेको छ ।
स्विडेनले यसअघिको खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो । स्विडेन १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
दोस्रो खेल क्रोएसिया र चेक रिपब्लिकबीच हुनेछ । दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।
समूह डी मा रहेको क्रोएसिया यसअघिको खेलमा इंग्ल्यान्डसँग १-० गोल अन्तरले पराजित भएको थियो । क्रोएसिया समूहको तेस्रो स्थानमा रहेको छ ।
यसअघिको खेलमा चेक रिपब्लिकले स्कटल्याण्डलाई २-० गोलले हराएको थियो । चेक रिपब्लिक ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।
यस्तै आजै राति इंग्ल्यान्ड र स्कटल्याण्ड भिड्दैछन् । खेल १२ः४५ बजे सुरु हुनेछ ।