२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप २७६८ जनामा संक्रमण, ४४ को मृत्यु, ४०२० ले जिते कोरोना



अ+ अ-

काठडमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् । 

यस्तै पछिल्लो २४ घण्टामा ४०२० संक्रमित निको भएका छन् । शुक्रबार कोरोनाबाट मृत्यु हुनेको संख्या ४४  रहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ५६९ जनाको पिसिआर र ५ हजार ४६८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । 

नेपालमा हालसम्म पिसिआर परीक्षणबाट ६ लाख १७ हजार ९४७ जनामा र एन्टिजेन परीक्षणबाट २४ हजार ८६१ जनामा कोरोना संक्रमण पाइएको छ ।

त्यसमध्ये ५ लाख ४९ हजार ६८२ संक्रमित निको भएका छन् । यस्तै कोरोनाबाट हालसम्म ८ हजार ६४१ जनाको मृत्यु भएको छ ।