काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि पाकिस्तानी राजदूत सयेद हैदर साहबीच आज भेटवार्ता भएको छ ।
कोटेश्वर स्थित नेपाल निवासमा आज भएको भेटवार्तामा नेपाल र पाकिस्तानबीचको सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष नेपालको सचिवालयले जानकारी दिएको छ । भेटमा नेपाल– पाकिस्तान सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो।