२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का महासचिव  ईश्वर पोखरेलले आज काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा निर्माणाधीन विभिन्न विकास योजनाको निरीक्षण गर्नुभएको छ । 

काठमाडौं निर्वाचन क्षेत्र नं ५  बाट  यसअघि निर्वाचित पोखरेलले सो नगरपालिकाको वडा नं ६ को च्यासिडोलपार्क र धरमपुर बस्ती, वडा नं ७ मा रहेको पानचोक सामुदायिक भवन र हेपाली सडक ढलानलगायत विकास योजनाको जानकारी लिनुभएको हो । निरीक्षणका क्रममा पूर्वउपप्रधानमन्त्री पोखरेलले स्थानीयवासीसँग अन्तरक्रिया गर्नुभएको थियो । 

नेता पोखरेलले केही दिनअघि बूढानीलकण्ठ – ४ र ६ मा भइरहेका विभिन्न विकास योजनाको पनि निरीक्षण गर्नुभएको उहाँका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।