२२ असार २०८३, सोमबार
,
Latest
बैतडीमा घर भत्किँदा तीन जना घाइते रास्वपाले बनायो २८ केन्द्रीय विभाग, मनोनयन हुन बाँकी विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन नेपाल विशेष सेवा ऐन, २९४२ को साविकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा रास्वपासँग निकटताबारे प्रश्न गर्नेलाई बाबुरामको जवाफ: ‘म विकास र समृद्धिकै खोजीमा छु’ स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री नेप्से परिसूचक २६ अङ्कले घट्यो आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारका लागि सरकारले युद्ध स्तरमा काम गरिरहेको छ :  श्रम मन्त्री… काँग्रेस संस्थापन इतर पक्षको बैठकः १५ औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना, पार्टी एकता…
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो २०२० : क्रोएसिया र चेक रिपब्लिकबीचको खेल बराबर



अ+ अ-

ग्लास्गोः युरोकप फुटबल अन्तर्गत शुक्रबार राति भएको दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिकबीचको खेल बराबरीमा सकिएको छ । खेल अवधिभर दुबै टिमबाट १–१ गोल भई खेल बराबरीमा समाप्त भएको हो ।

यो बराबरीसँगै चेक रिपब्लिकले २ खेलबाट ४ अंक बनाएको छ भने २ खेल खेलेको क्रोएसियाको १ अंक मात्र छ । यो समूहका अन्य दुई टिम इङ्ल्यान्ड र स्कटल्यान्डबीचको खेल आजै मध्यरातमा हुँदैछ । इङ्ल्यान्डले एक खेल जितेर यसअघि नै ३ अंक जोडिसकेको छ ।

क्रोएसिया र चेक रिपब्लिकबीच निकै प्रतिस्पर्धात्मक रहेको आजको खेलमा पहिलो गोल भने चेक रिपब्लिकले बिबादास्पद पेनाल्टीबाट गरेको थियो । खेलको ३७औं मिनेटमा चेकका प्याट्रिक सिकले पेनाल्टी मार्फत गोल गरेका थिए ।

तर दोस्रो हाफको ४७औं मिनेटमा क्रोएसियाका लागि इभान पेरिसिकले डिबक्सभित्रबाट सुन्दर गोल गरेका थिए ।

दुबै टिमले एकअर्का गोलपोस्टमा ११–११ पटक सुन्दर प्रहार गरेका थिए, तर थप गोल हुन सकेन । बल नियन्त्रणका दृष्टिले चेक रिपब्लिकले ५२ र क्रोएसियाले ४८ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेका थिए ।

यस समूहबाट तेस्रो हुने टिम नकआउट चरणमा पुग्ने सम्भावना पनि रहेको छ ।

आजै भएको पहिलो खेलमा स्वीडेनले स्लोभाकियालाई १–० गोल अन्तरले पराजित गरेको थियो । स्वीडेनका लागि एक मात्र गोल ७७ औं मिनेटमा एमिल फोर्सबर्गले पेनाल्टी मार्फत गरेका थिए ।

यो जितसँगै स्वीडेनले २ खेलबाट ४ अंक बनाएको छ । दोस्रो स्थानमा स्लोभाकियाको ३ अंक छ भने एक खेल मात्र खेलको स्पेनको १ अंक छ भने पोल्यान्डले कुनै अंक प्राप्त गर्न सकेको छैन ।
–––