२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले वरिष्ठ नेता खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवं झलनाथ खनालको स्वास्थ्य अवस्था क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ । 

भारतको दिल्लीस्थित अपलो अस्पतालमा उपचार गरिरहेका खनाललाई लगातार आइरहेको ज्वरो घटेको अस्पताले जनाएको छ। 

चिकित्सकको उच्च निगरानीमा खनालको उपचार भैरहेको उनको सचिवालयले जनाएको छ ।

कोरोना संक्रमणबाट मुक्त भएका खनाललाई निरन्तर ज्वरो आए पछि एकहप्ता अघि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरेर उपचार गरिँदै आएको थियो । तर, चिकित्सकले थप उपचार गर्न दिल्ली जान सुझाव दिएपछि खनाललाई दिल्ली लगिएको थियो ।