२२ असार २०८३, सोमबार
,
Latest
बैतडीमा घर भत्किँदा तीन जना घाइते रास्वपाले बनायो २८ केन्द्रीय विभाग, मनोनयन हुन बाँकी विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन नेपाल विशेष सेवा ऐन, २९४२ को साविकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा रास्वपासँग निकटताबारे प्रश्न गर्नेलाई बाबुरामको जवाफ: ‘म विकास र समृद्धिकै खोजीमा छु’ स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री नेप्से परिसूचक २६ अङ्कले घट्यो आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारका लागि सरकारले युद्ध स्तरमा काम गरिरहेको छ :  श्रम मन्त्री… काँग्रेस संस्थापन इतर पक्षको बैठकः १५ औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना, पार्टी एकता…
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोमा महाभिडन्त : फ्रान्स, जर्मनी, पोर्चुगल र स्पेनका खेलहरु आज



अ+ अ-

काठमाडौं । युरोकप फुटबल २०२० अन्तर्गत आज शनिबार ठुल्ठूला टिमहरुबीच भिडन्त हुँदैछ ।

नेपाली समय अनुसार पहिलो खेल साँझ ६.४५ बजे फ्रान्स र हंगेरीबीच खेल हुँदैछ भने ९.४५ बजे पोर्चुगल र जर्मनीबीच हुँदैछ । मध्यराति १२.४५ बजे स्पेन र पोल्याडबीच प्रतिस्पर्धा हुनेछ ।

फ्रान्स र हंगेरीको समूहमा पोर्चुगल र जर्मनी पनि छन् । यो ग्रुप अफ डेथ समूह हो । समूहमा यसअघि फ्रान्स र पोर्चुगलले खेल जितेर ३–३ अंक बनाएका छन् । यसअघि फ्रान्सले जर्मनीलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

यस्तै पोर्चुगलले हंगेरीलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले प्रभावशाली खेल प्रदर्शन गरिरहेको छ ।

यस समूहबाट फ्रान्स, जर्मनी र पोर्चुगल तीनवटै टिम छनौट हुने सम्भावना छ ।

साथै यस समूहमा जर्मनी, फ्रान्स र पोर्चुगलमा एक से एक प्रतिभाशाली खेलाडीहरु छन् । तीनवटै टिम मजबुत फरवार्ड, डिफेन्स र गोलकिपिङका लागि चर्चित छन् । विश्वभर जर्मनी, फ्रान्स र पोर्चुगलका फ्यान जताततै छन् भने व्यक्तिगत खेलाडी मन पराउने फ्यानको लस्कर उस्तै छ ।

स्पेन भने अर्को समूहमा छ । यस समूहमा स्पेन बाहेक स्वीडेन, स्लोभाकिया र पोल्यान्ड छन् । अहिलेसम्म स्वीडेन र स्लोभाकियाले २–२ खेल खेलिसकेका छन् । अंक तालिकामा स्वीडेनले एक जित र एक बराबर गरी ४ अंक जोडेर समूहमा शीर्ष स्थानमा छ ।

स्लोभाकियाले पनि आफूले खेलेका २ खेलमध्ये एकमा जित हासिल गरी ३ अंक जोडेको छ । तर स्पेन भने एक खेल बराबरी खेलेर १ अंक बनाएर तेस्रो स्थानमा छ । स्पेन र स्वीडेनबीचको खेल बराबरीमा सकिएको थियो । पोल्यान्डले खेलेको १ खेलमा स्लोभाकियासँग हार व्यहोरेपछि कुनै अंक जोड्न सकेको छैन ।