एजेन्सी । बलिउड अभिनेता अजय देवगन आफ्नो डिजिटल डेब्यु शो रुद्रः द एज अफ डार्कनेस को जुलाईमा सुटिंग सुरु गर्दैछन् ।
जसलाई दुई महिनामा सकाउने योजना रहेको छ । ताजा रिपोर्ट अनुसार उक्त सिरीजका लागि अजय देवगनले १२५ करोड रुपैया पारिश्रमिक लिएका छन् ।
योसँगै अजय पनि ओटीटी प्लाटफर्ममा सबैभन्दा बढी पारिश्रमिक लिने सूचीमा अटाएका छन्, जसमा अक्षय कुमार, ऋतिक रोशनजस्ता स्टारहरु पनि रहेका छन् । अजयको उक्त सिरीजमा साउथ इन्डियन अभिनेत्री राशि खन्ना पनि प्रमुख भूमिकामा रहेकी छन् ।
ब्रिटिश साइक्लोजिकल क्राइम ड्रामा लुथरको आधिकारीक रिमेकको रुपमा रुद्र निर्माण गरिएको हो ।